logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मजदुर दिवसको अवसरमा हस्ताक्षर संकलन अभियान


    २४ बैशाख २०७३ , शुक्रबार

    मजदुर दिवसको अवसरमा हस्ताक्षर संकलन अभियान

    भैरहवा, बैशाख १९ । झुठा बाचा, शोषण र जबरजस्ती श्रमको अन्त्य गरौँ, बैदेशिक रोजगारीलाई सुरक्षित बनाऔँ भन्ने मूल नाराका साथ एम्नेष्टी इन्टरनेस्नल पक्लिहवा युथ नेटवर्कले आयोजना गरेको आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणको लागि आह्वान गर्दै आयोजित हस्ताक्षर संकलन अभियान सम्पन्न भएको छ ।
    कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा भएको सो कार्यक्रममा क्याम्पसका उप–प्राध्यापक हुमा न्यौपाने र मिलन सुबेदीले बैदेशिक रोजगारीका क्रममा हुने समस्या, अत्यचार माथि थप प्रकाश पर्नु भएको थियो । बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन बिभिन्न माग सहित देश व्यापी रुपमा भएको हस्ताक्षर संकलन यस क्याम्पसमा समेत गरिएको र यस्ता हस्ताक्षरीत कागजहरु सकारात्मक दवाब सिर्जन गर्न एक कार्यक्रमका बीच एम्नेष्टी इन्टरनेस्नलले नेपाल सरकारलाई हस्तान्तरण गर्ने नेटवर्कका अध्यक्ष रामजी पौडेलले जानकारी दिनुभयो । नेटवर्कका उपाध्यक्ष स्वीकृती उप्रेतीको स्वागत मन्तव्य र सह–सचिव आशिष चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.