भैरहवा बैशाख । सिदार्थ सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी वडा नम्वर ५,१२र १३ को दशौ सधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पुरण प्रसाद श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धी राज गुरुड.को प्रमुख आथित्यतामा कार्यक्रम संम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी गुरुड.ले आर्थिक समस्याका बागजुद पनि सामुदायिक सेवा केन्द्रले समाजमा रहेका बिकृती र बिसंगती बिरुद्ध उदाहरणीय कार्य गरेको बताए । सामुदायिक केन्द्रले प्रहरी र जनता बिच सुमधुर सम्बन्ध राख्नमा ठुलो भुमिका खेलेको उल्लेख गरे ।
कार्यक्रममा संस्थाका सचिव टिकाराम भट्र्रराईले सचिवको प्रतिबेदन , कोषध्यक्ष दिपेन्द्र मान श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक सुबोध तुलाचनको स्वागतमा संम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष क्याप्टेन ईन्द्र बहादुर गुरुड., भुपु अध्यक्ष गोबिन्द्र प्रसाद बस्याल, सिदार्थनगर उद्योग बाणीज्य संघका अध्यक्ष राम कुमार शर्मा , बुद्ध सामुदायीकका नरेन्द्र रौनीयार , समाजसेवी मातृका प्रसाद यादव, स्थानिय शान्ति समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता , सिदार्थनगर नगरपालीकाका सुचना अधिकृत देब ज्ञवाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका सचिव टिकाराम भट्र्रराईको संञ्चालनमा संम्पन्न कार्यक्रममा संस्थामा रही उत्कृष्ठ काम गरे बापत प्रहरी हवल्दार गोबिन्द्र प्रसाद शर्मा र प्रहरी जवान बिष्णु बहादुर थापालाई संम्मानित गरीएको थियो ।