
रबिन्द्र प्रताप गुप्ता
भैरहवा, वैशाख ।मातातिर्थ आंैशीको अवसर पारेर शुक्रबार भैरहवामा बसोबास गर्ने युवाहरुको एक समुहले श्री सत्य साई वृदा आश्रम,बसन्तपुरमा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।
नया शक्ति नेपाल युवा संगठनका रुपन्देही जिल्ला कोषाध्यक्ष समीर कार्कीको नेतृत्वमा युवाहरुले उक्त सहयोग गरेका हुन ।कार्यक्रममा नया शक्ति नेपाल रुपन्देहीका कार्यालय सचिव वाइ.पि आचार्य नया शक्ति नेपाल विद्यार्थीका केन्द्रीय परिषद सदस्य एवं रुपन्देही जिल्ला परिषद सदस्य भुवन पौडेल,रुपन्देही क्षेत्र नम्बर २ का युवा संयोजक विक्रम ज्ञवाली,अर्जुन भट्टराई,मनोज पराजुली,तिर्थ पौडेल लगायतको सहभागीता रहेको थियो।
सो अवसरमा आफुहरुले वृद्धा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई आगामी दिनहरुमा पनि यस्तै खालका सहयोग गर्ने वाइ.पि आचार्यले बताएका थिय ।उनले विभिन्न कारणले परिवारसंग बस्न नपाएका वृद्धवृद्धाहरुलाई सहयोग गर्न पँउदा निकै खुसीको अनुभुती भएको समेत बताए ।