भैरहवा, बैशाख । महामानव गौतम बुद्धको प्रवेषद्धार सिद्धार्थनगरका युवाहरु पाल्पाको दोभान गाबिसमा अबस्थित सुकेताल होम स्टे मा पुगेका छन् ।
भैरहवाका युवा उद्यमी तथा सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको समुह जर्गश ग्रुपमा आवद्ध युवाहरुको समुह अध्यायन तथा अवलोकन भम्रणमा यो क्षेत्रमा पुगेका हुन ।

यसक्षेत्रको गर्मीले अस्तव्यस्त वनाई रहेको अवस्थामा चिसो र मनोरम दृष्य भएको पाल्पाको सुकेताल होम स्टे पुगेर युवाहरुले चिसोको आनन्द लिएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवा प्रमुख हरीचन्द्र श्रेष्ठले वताए ।
गर्मीका कारण तातेको भैरहवालाई केहि छिनका लागी विस्श्राम दिदै नजिकै तर आनन्द र चिसो मौसम रहेको सुकेताल पुगेर आफ्ना साथी भाई संग होम स्टे मा रमाइलो गरेको युवा व्यवसायी तथा लायन्स क्लव अफ भैरहवाका अध्यक्ष राजेश खरेलले वताए ।
सिद्धार्थ राजमार्गको बुटवल – पाल्पा सडक खण्डको दोभान बाट माथि डाडामा समुद्र सतह देखि करीब ९ सय मिटरको उचाईमा सुकेताल होम स्टे रहेको छ ।्
भैरहवा समुद्र सतह देखि १२० मिटरको उ चाईमा छ । ४५ मिनेटको समय अन्तरमा मौसम निकै अनुकुल भएको र ग्रामिण रहनसहन भएको सुकेताल होम स्टे अहिले यस क्षेत्रका सर्बसाधारणलाई गर्मी छल्ने मनोरम स्थान बनेको छ ।

गर्मीका समयमा भैरहवा,बुटवलमा बसेकाहरु सुकेतालमा गए पछी पातलो जैकेट र राती ओढन सिरक खोज्छन ,सुकेतालको बिशेषता भनेकै यही रहेछ, युबा ब्यबसायी रमेश घिमिरेले भने । । माथि अग्लो पहाड मुनि सानो समथर जस्तै भागमा रहेको सानो ताल बाटै त्यहाको नाम सुकेताल रहन गएको छ । त्यही तालबाट लघुजलबिद्युत उत्पादन समेत भएकाले त्यही रातीमा कहीले पनि बत्ति जादैन् । त्यहाका जनताले लामखुट्टेले टोकेको अहिले सम्म थाहा पाएका छैनन् ।
दोभान क्षेत्र पर्यटन बिकाश समितीको पहलमा सुकेताल ग्रामीण सामुदायिक होम –स्टे ब्यबस्थापन समिती अन्तरगत होम स्टे सञ्चालनमा छ ।

त्यहाका ४ घरले होम –स्टे सञ्चालन गरीरहेका छन् । नेपालको सबैभन्दा सस्तो होम स्टेमा यो पर्दछ ।
होम –स्टे मा प्रति ब्यक्ती एक छाकको २ सय साकाहारी खाना , २ सय ५० रुपैया मांशाहारी खाना तथा एक रात बास बसेको प्रति ब्यक्ती १ सय ५० रुपैया रहेको छ ।
यस्तो सस्तो होम स्टे मैले कही सुनेको थिएन खान बस्न निकै सस्तो रहेछ,यो नेपालकै सस्तो होम स्टे हो,अम्बे स्टिलका प्रमुख एकाउन्टेट बिक्रम मल्लले भने यो तराई क्षेत्रमा वसोवास गर्नेहरु का लागी यो मुख्य गन्तव्य स्थल बन्नु पर्दछ ।
सबै होम –स्टेमा स्थानिय कृषि उत्पादनहरु चामल, तरकारी, गेडागुडी प्रयोगमा बढी जोड दिईन्छ ।
त्यस्तै गरी फापर, कोदोको रोटी,ढिडो पनि उपलब्ध हुने गर्दछ । लोकल कुखुरा र खसी पनि त्यहा उपलब्ध छ ।
रातीमा स्थानिय क्लबबाट आगन्तुकहरुलाई ३ घन्टा सम्म सास्कृतिक कार्यक्रम देखाइन्छ । सास्कृतिक कार्यक्रमको शुल्क भने समुहमा १५०० रुपैया लाग्दछ ।
४ घरमा सञ्चालित होम –स्टेमा २५ जना सम्म बास बस्न सक्छन् । २०६७ सालबाट ग्रामीण होम – स्टे का रुपमा सञ्चालन भैरहेको र अहिले वरपरको क्षेत्रमा लोकप्रिय बन्दै गैरहेको तथा निकट भबिश्यमा थप घरमा पनि सञ्चालन गर्ने योजना रहेको दोभान पर्यटन बिकाश समितीका अध्यक्ष दल बहादुर गुरुंगले बताए ।
शुक्रबार,शनिबार र बिदाको समयमा धेरे जना आउने गरेको होम स्टे सञ्चालिका मन कुमारी उचैले बताईन् ।
‘कहिले त यती धेरै आउनु हुन्छकी हामीलाई ब्यबस्थापन गर्नै गाह्रो हुन्छ,तर पनि आउनेहरुले बास नपाएर फर्कनु परेको छैन्,होमस्टेका अर्का सञ्चालक मिन बहादुर उचैले भने ।

बाकी दुई घर पुर्ण कला गाहा र दिपक रानाले पनि होम स्टे सञ्चालन गरेका छन् ।
सुकेताल होम स्टे सञ्चालकका साथै सुकेताल ग्रामीण सामुदायिक होम –स्टे ब्यबस्थापन समितीले भैरहवा स्थित पर्यटन कार्यालयका अधिकृत हरुलाई आफुहरुले सञ्चालन गरेको होम –स्टेको निरीक्षण गरीदिन धेरै पटक आग्रह गरे पनि नआएको गुनासो स्थानियको छ,खोई किन आउनु भएन हामीहरुले आग्रह गरेको हो,मन कुमारीले भनिन् ।
सुकेताल होम स्टे सुचिकृत भने छैन् । त्यहा जाने पर्यटकहरुले सेवा सुबिधा बाट बञ्चित हुनु परेको छैन् । हामीहरुले राम्रो आतिथ्यता प्राप्त गरयौ,हामीहरुको मन पहीलो पटकमै सुकेताल होम स्टे ले जितेको छ,सगरमाथा ईन्सुरेन्सका भैरहवा प्रबन्धक गोपाल ज्ञवालीले आफ्नो अनुभव सुनाए ।
गर्मीबाट आएका हामीलाई यँहाको मौसम निकै राम्रो लाग्यो,स्थानिय रहनसहन,ग्रामिण परिबेसले सबैलाई लोभ्यायो,अब टाढाको होम स्टे किन जाने नजिकैको लाई प्रबद्र्धन गर्नु पर्छ,युबाहरु थिरेन्द्र श्रेष्ठ,बिकाश श्रेष्ठ,प्रिया न्यौपाने र सतिश आचार्य,दिनेश न्यौपानेले भने ।
नेपालमा पर्यटन निती काठमाण्डौ,पोखरालाई हेरेर बनाईने भएकाले अन्य क्षेत्रको पर्यटन बिस्तारमा त्यस्ले समस्या आउने गरेको र पर्यटन क्षेत्रको बिकाशमा अप्ठेरो पर्ने पर्यटन बिज्ञहरु बताउछन् ।
दोवान गाविसको सुकेताल स्थित रहेको यो होम स्टेमा नेपालमा प्राय जिल्ला वाट मानिसहरु वास वस्न र रमाइलो गर्न आइसकेका छन् । कच्ची सडक हुदै पुगीने यो ठाउमा विकास र पुर्वाधार विकासमा भने सरकारी तह वाट ध्यान पुगको देखिदैन ।
३६ वटा सामुदायिक वन को समुह रहेको यो गाविस नेपालको पहिलो गाविसक समेत हो तर आर्थिक,शैक्षिक र स्वास्थ्य क्षेत्रमा भने ओझेलमा परेको छ ।