logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पनामा पेपर्समा ७ नेपाली


    २८ बैशाख २०७३ , मंगलबार

    पनामा पेपर्समा ७ नेपाली

    काठमाडौं । अन्तर्राष्ट्रिय खोज पत्रकार समूह आईसीआईजे० सार्वजनिक गरेको पनामा पेपर्स भनिने अनुसन्धानको दोस्रो विवरण सार्वजनिकमा सात नेपालीको नाम परेको छ ।

    Panama-Main
    आजको कान्तिपुर दैनिकमा खबर छ–सोमबार राति गरिएको सार्वजनिकमा अफसोर कारोबार गर्ने नेपाली व्यक्तिकम्पनीहरुको सूचिमा सातजना नेपाली परेका हुन् । पनामा लिक्समा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांस कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, नवयुग डोल्माको नाम छन् ।

    यो लिक्समा सन २०१३ को स्वीस लिक्सका व्यक्तिहरुको नाम पनि समवेश छ । १२ जनाको पुरानो नामलाई पनि यसपटकको सूचिमा अफसोर लिक्स भनेर समावेश गरिएको हो । यसबाहेक सतिशलाल आचार्यको नाम थपिएको छ ।

    पुरानो लिक्सका रेणुका प्रधान, रेखा काब्रा, डाक्टर श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिश कुमार तोदि, बिजेश कुमार अग्रवाल, शैलेन्द्र कुमार गुप्ता, बिमलकाजी ताम्राकार, बिजेन्द्र जोशी, बिनु श्रेष्ठ, विश्वास बरसिंह थापा, राजेन्द्र कुमार काव्राको नाम पनि सार्वजनिक गरेको छ । उनीहरुको नाम स्वीस लिक्स भनेर पुन सार्वजनिक गरेको हो ।

    नेपाली समय अनुसार सोमबार राति पौने १२ बजे उसले नया सूचि सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । आइसिआईजेले विश्वका धेरै संचार माध्यम समेतको संलग्नतामा यो प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । उक्त संस्थाले यसको प्रारम्भिक प्रतिवेदनकरिब एक महिना अघि सार्वजनिक गरेको थियो ।

    अफसोर कम्पनीमा गरिने लगानी भनेको कर छुट र आयको स्रोत खुलाउनु नपर्ने वा कम झन्झटिलो भएको देशमा विदेशीले खोलेका कम्पनी हुन । यी देशमा कम्पनी खोलेर आफूले चाहेको देशमा रकम लान सजिलो हुने हुँदा यस्ता मुलुकमा कम्पनी खोल्ने गरिन्छ । तर यहाँ खुलेका कम्पनी सबै गैर कानुनी र कर छल्न खोज्ने नियतका हुन्छन भन्ने हुदैन ।

    ट्याक्स हेवन ९करको स्वर्ग० मा ख्याती कमाएका हंगकंग र ब्रिटिस भर्जिन आईल्यान्ड लगायत देशबाट नेपालमा पछिल्लो समय लगानी बढ्दो क्रममा छ । हंगकंग र ब्रिटिस भर्जिन आइल्यान्ड क्रमश दोस्रो र पाँचौ बढी लगानी गर्ने मुलुकमा पर्छन । बढी लगानी गर्ने मुलुक पहिलो, तेस्रो र चौथो भने क्रमश भारत, चीन र साउथ कोरिया हुन् ।पत्रपत्रिका

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.