logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नेपाल भारत सीमाना छुट्याउने ११ सय सीमास्तम्भ बेपत्ता


    २९ बैशाख २०७३ , बुधबार

    नेपाल भारत सीमाना छुट्याउने ११ सय सीमास्तम्भ बेपत्ता

    २९ वैशाख, काठमाडौं । नेपाल भारत सीमाना छुट्याउने १ हजार १ सय सीमास्तम्भ जंगेपिल्लर बेपत्ता भएका छन् ।

    ffff

    भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको आजको कारोबार दैनिकमा समाचार छ ।

    नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६ सय ६२ हेक्टर सीमा अतिक्रमण भएको छ ।

    नेपाल भारत सीमा १ हजार ८८० किमी छ, जसको सुरक्षामा भारतले ५० हजार अर्धसैनिक बल खटाएको छ । तर, नेपालको सशस्त्र प्रहरी करिब ५ हजारमात्रै सीमा सुरक्षामा तैनाथ छन् ।

    प्रत्येक एक किमी दूरीमा एसएसवीका २० देखि २५ जना फोज तैनाथ छन् । तर , नेपालको सशस्त्र प्रहरी बल दशगजाबाट तीन किमीभित्र प्रत्येक एक किमी दूरीमा ४ देखि ६ जनासम्म परिचालित छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.