काठमाडौं – सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई शुक्रबार फिर्ता बोलाउने निर्णय ग¥यो । सोमबार उनलाई फिर्ता आउन भन्दै परराष्ट्र मन्त्रालयले पत्र पठायो ।

गत वर्ष वैशाख १७ गते उनले भारतीय राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए। चार वर्षमध्ये एक वर्ष पाँच दिन मात्र कार्यकाल बित्दा उनीमाथि सरकारले विभिन्न आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय लिएको थियो ।
यसरी विभिन्न आरोप लगाउँदै फिर्ता बोलाइएका उपाध्याय पहिलो राजदूत भने होइनन् । २०४६ यता भारतका लागि राजदूत नियुक्त नौ जनामध्ये आफ्नो कार्यकाल पूरा नगरी फिर्ता बोलाइएका उपाध्याय आठौं राजदूत हुन्, आजको नागरिक दैनिकमा खबर छ ।
२०४६ यताका दिल्ली दूत
विन्देश्वरी शाह ३ वर्ष
चक्रप्रसाद बास्तोला —३ वर्ष
हर्षनारायण धौभडेल —१ वर्ष
लोकराज बराल — २ वर्ष
भेषबहादुर थापा —६ वर्ष
कर्णध्वज अधिकारी —३ वर्ष
दुर्गेशमान सिंह — १ वर्ष
रुक्मशम्शेर राणा —२ वर्ष
दिपकुमार उपाध्याय फर्कने क्रममा — १ वर्ष