logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भारतले ढुवानी आदेशभन्दा कम ग्यास दियो


    २९ बैशाख २०७३ , बुधबार

    भारतले ढुवानी आदेशभन्दा कम ग्यास दियो

    कोटाभन्दा १० हजार टन कम आयात
    २९ वैशाख, काठमाडौं । अप्रिलमा कोटाभन्दा झन्डै १० हजार टन ग्यास कम आयत भएको छ ।

    सरकारले कोटा बृद्धि गरी ३७ हजार टन आयात गर्न ग्यास उद्योगीलाई खरिद ढुवानी आदेश जारी गरे पनि २७ हजार १६२ टनमात्र आयत भएको आजको कारोबार दैनिकमा समाचार छ ।

    06TH_LPG_TANKER_943415f

    भारतीय आयल कर्पोरेसनले मासिक ३७ हजार टन ग्यास दिन सकिने बताएपछि नेपाल आयल निगमले ग्यास उद्योगीलाई सोहीअनुसार पीडीओ जारी गरेको हो । ग्यास अभाव उस्तै भए पनि अप्रिलमा मार्चमा भन्दा कम आयात भएको छ ।

    मार्चमा ३० हजार टन ग्यास आयत भएको थियो । आईओसीले पीडीओबमोजिम ग्यास दिदैँन र सरकारले त्यसका कुनै वास्ता नगर्ने नेपाल गयस उद्योग संघका अध्यक्ष शिव घिमिरेले जनाए ।

    आइओसीको रिफाइनरीमा सय बुलेट पुगे पनि ३०(४० वटा मात्रै लोडिङ हुने गरेको व्यवसायी बताउँछन् । नाका खुलेको तीन महिना बितिसक्दा पनि ग्यास अभाव कयमै छ ।

    मागबमोजिम आयत नहुँदा पहुँचअनुसार ग्यास वितरण हुने गरेको छ ।
    ….

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.