भैरहवा,जेठ १ । सिद्धार्थनगर सिटि अस्पताल भैरहवाले अत्याधुनिक सि आर्म मेसीन द्धारा जटिल किसिमका हाडजोर्नी अप्रेशन गर्न सुरु गरेको छ ।

भैरहवा स्थिति वुद्ध चोकमा रहेको यो अस्पतालले भर्खर मात्र यो मेसीन द्धारा हाडजोर्नी अप्रेशन गर्न सुरु गरेको हो ।
यो मेसीन प्रयोग गरि हाडजोर्नीको अप्रेशन गर्दा कम जोखिम र सहजरुपमा गर्न सकिने भएकाले प्रयोगमा ल्याइएको अस्पतालका प्रवन्धक निर्देशक अर्जुन पौडेलले जानाकारी दिए ।
हाडजोर्नी तथा नशा विशेषज्ञ श्यामसुन्दर कटारियाको नेतृत्वमा रहेको अर्थो विभागले अहिले दुर्घटना तथा जटिल किसिमका फ्याक्चरहरुलाई सहजरुपमा सल्यक्रिया यो मेसीनको सहयोग वाट गर्न थालेको समेत अस्पताल स्रोतले जनाएको छ ।

विगतमा दुर्घटना भएर आउने जटिल किसिममा सल्यक्रिया गर्न पर्ने विरामीहरुलाई राजधानी तथा भारतिय अस्पतालमा रिफर गर्न पर्ने वाध्यता रहेकाले यो मेसीन अस्पतालले ल्याएपछि सहजरुपमा उपचार गर्न सकिने समेत अस्पतालका व्यवस्थापक कपिल अर्यालले वताए ।
विगत ६ वर्ष देखी सञ्चालनमा रहेको यो अस्पतालले भैरहवा आसपास देखी कपिलवस्तु, नवलपरासी,पाल्पा, गुल्मी, दाङ, अर्घाखाची लगाएत सिमावर्तीक्षेत्र भारतीय विरामीहरु समेत अस्पतालमा उपचारका लागी आउने गरेका छन् ।
अस्पतालले विरामीहरुका लागी विभिन्न सेवाहरु समेत उपलव्ध गराउदै आएको छ । मुटुरोग ,वालरोग , मृगौला रोग ,स्त्रि तथा प्रसुती सेवा ,जनरल सर्जरी सेवा , भिडियो एक्सरे सेवा, फिजिसियन सेवा, आइसियु सेवा ,एनआईसियु ,डाइलाइसिस ,सुरुक्षित गर्भपतन सेवा, दन्त्य रोग सेवा दिदै आएको छ ।
अस्पतालले मासिक रुपमा दुइ दिन नर्भिक तथा गंगालाल अस्पतालमा कार्यरत डाक्टरहरुको टोलि समेत ल्याउने गरेको अस्पतालको प्रशासन शाखाले जनाएको छ ।
काडमान्डौ वाट आउने विशेषज्ञहरुको टोलिले विशेस गरि मुटुरोग सम्वन्धी सम्पुर्ण परिक्षण, इको, इसिजी लगाएत आकस्मीक सेवाहरु समेत प्रदान गर्ने गरेको छ ।