भैरहवा, जेठ । सामाजिक क्षेत्रमा सकृय सस्था रोटरी क्लब अफ लुम्बिनी सिदार्थनगरले बसन्तपुर गाबिस वडानं ८ मा रहेको सत्यसाई बृद्धाश्रममा निशुल्क स्वास्थ्य शिबीरको सञ्चालन गरेको छ ।

रोटरी क्लब अफ लुम्बिनी सिदार्थनगरको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल रानी गांउको प्राबिधिक सहयोगमा हरेक महिना १५।१५ दिनको फरकमा निशुल्क स्वास्थ्य शिबीर संञ्चालन गर्न थालीएको क्लबका अध्यक्ष किशोर जोशीले जानकारी दिए ।
शिबीरको एक कार्यक्रमका बिच प्रमुख अतिथी जोन १६ का एजि रोटरीयन कृष्ण प्रसाद अर्यालले उद्धघाटन गरेका थिए । सामाजीक क्षेत्रमा सकृय क्लबले आश्रममा निरन्तर शिबिरको आयोजना गरेर राम्रो काम गरेको प्रमुख अतिथी अर्यालले बताए ।
शिबीर बाट आश्रममा रहेका बृद्धबृद्धाहरुले निशुल्क स्वास्थ्य सेवा लिने छ्न भने गंभिर प्रकृतीका रोगहरु भेटिएमा उपचारका लागी कलेजमै लैजाने ब्यावस्था पनि गरीएको छ ।
क्लबका अध्यक्ष्ँ किशोर जोशीको अध्यक्षतामा संम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक ओम जैशिले गरेका थिए भने संञ्चालन प्रकाश पोख्रेलले गरेका थिए ।
वृद्धाश्रम लगाएतका सामाजिकक्षेत्रका काम गर्न उद्धेश्य वोकेको यो क्लवले आगामी दिनमा समेत निरन्तता दिने वताएको छ ।