logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सिमाक्षेत्रमा बम बिस्फोटले २ को मृत्यु


    ६ जेष्ठ २०७३ , बिहिबार

    सिमाक्षेत्रमा बम बिस्फोटले २ को मृत्यु

    भैरहवा, ६ जेठ । नेपाल भारत सिमा नाका ठुठिबारीमा बम बिस्फोट हुदा एकै परिवारका २ जनाको घटना स्थलमै मृत्यु भएको छ । विस्फोटका कारण सोही परिवारका ३ जना गम्भिर घाइते भएका छन ।

    download
    नेपालको नवलपरासी जिल्ला र भारतको महराजगंज जिल्ला अन्र्तगत सीमा नाका ठुठिवारीमा बम विस्फोट भएको हो ।
    स्थानिय प्रहरीले दिएको जनकारी अनुसार बिहिबार दिउसो २ बजे ठुुठीवारी बजारमा कबाड पसल गरि बस्ने ५० बर्षिय बिकाउ सहानीले कबाड ब्यावस्थापन गर्दा अचानक बिस्फोट भई सहानी र उनका ५ बर्षिय छोरा अमन सहानीको घटना स्थलमै मृत्यु भएको छ ।
    घटनामा परि सहानीकी श्रीमति उर्मिला सहानी छोरी मिथिला सहानी र ममता सहानी गम्भिर घाईते भएका स्थानियहरुले जानाकारी दिएका छन् । घाईतेहरुको उपचार भारतको गोरखपुरमा भैरहेको हाम्रा सम्वाददाता राधेश्याम विस्वकर्माले जानाकारी गराए । घाईतेहरुको अवस्था चिन्ताजनक रहेको समेत उनले वताए ।
    कबाड पसल गरि बसेका सहानीले नेपालबाट कबाड संकलन गरि लगेको र कबाडलाई हथौडीले हान्दा बिस्फोट भएको मृत्यकका आफ्न्तहरुले वताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.