logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भलबारीमा जल्सा प्रवचन


    ९ जेष्ठ २०७३ , आइतबार

    भलबारीमा जल्सा प्रवचन

    भैरहवा, वैशाख ९ । मुस्लिमहरुको धार्मिक चेतनामूलक कार्यकम जल्सा तिलोत्तमा नगरपालिका भलबारीमा शनिबार सम्पन्न भएको छ । मुस्लिमहरुलाई धार्मिक रुपमा चेतना दिने र धर्मले तोकेको नियम परिपालन गर्नका लागि समेत यो जल्सा कार्यक्रम गरिएको हो ।
    इस्लाम धर्मको धर्मग्रन्थ कुरानका विषयमा प्रवचन सुनाइएको जल्सा मुसलमानहरुका लागि नयाँ आयाम दिने स्थानीय मुसलमान नेता मकसुद अली बताउँछन् ।

    2015-12-28-Jalsa-Qadian-006
    आपसी भाईचारा, एकता, सामाजिक सद्भाव, राष्ट्रियताको पत्रमा समेत जल्साले प्रवचनमा सिकाउँने गरिएको मुस्लीम नेता टिपु सुल्तानले बताए ।
    मधेस आन्दोलन र महाभूकम्प जस्ता समस्याबाट ग्रसित नेपाललाई निकास दिलाउनको लागि सबै मुसलमानहरु एकजुट भएर लाग्नुपर्ने समेत जल्साको प्रवचनमा भनिएको थियो ।
    सैहिद अहमद असर्फीको अध्यक्षतामा भएको कार्यक्रममा १० जना मुस्लिम धर्मगुरुले प्रवचन दिएका थिए । जसमा सैहिद अजमल हुसेन असरफिया, प्रा.डा. अहमद शेख, मौलाना जमल अहमद सिद्दिकी लगायतका धर्मगुरुहरुले प्रवचन दिएका थिए ।
    धर्मगुरु तथा मुम्बई विश्वविद्यालयका प्रा.डा. अहमद शेखले हिन्दू र मुस्लिम धर्मग्रन्थका बारेमा समेत प्रवचनका क्रममा उपस्थित सहभागीहरुलाई प्रष्ट पारेका थिए । रुपन्देही क्षेत्र नं १ का सांसद अब्दुल रज्जाकको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.