logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रेखा मुख छोपेर किन पुगिन् काठमाडौं जिल्ला अदालत ?


    २३ असार २०७३ , बिहिबार

    रेखा मुख छोपेर किन पुगिन् काठमाडौं जिल्ला अदालत ?

    काठमाडौं, असार । सिनेमाको पर्दामा ‘‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लट्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात् बिस्तारै होइन मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन् र त्यसैगरी निस्किइन् ।
    यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारक रहेछन ५५ वर्षीय पूर्वपति छविराज ओझा । ३४ वर्षीया रेखाभन्दा झण्डै ५ वर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्ध विच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनुपरेको हो । आज सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न कतार जाने हतारमा रहेकी रेखाले भनिन, ‘मलाई त जानै मन थिएन । बोलाएको बोलायै गरयो, अनि गइदिएँ ।
    रेखा र छविवीचको लेनादेना चार वषअघि नै टुङ्गिएको । सिउँदोमा सिन्दुर हालेर घर नभित्र्याए पनि रेखा करिब दस वर्षका लागि छविकी भइन् । तर कुरा मिल्न अलग्गिए । छवि गौरीघाटको पुरानै घरमा र रेखा चाबहिलस्थित अम्बे अपार्टमेन्टको पाँचौ तलमा सरिन् । त्यहाँदेखि रेखालाई छविको र छविलाई रेखाको मतलब थिएन ।
    तर, शुक्रबार साँझ छविले फोनमा भने, ‘पर्सि अदालतमा आइज है काली ।’ रेखाले किन भनेर सोधिन् । छविले ‘मैले डिर्भोर्सको सबै डकुमेन्ट तयार पारिसकेँ तैँले साइन गरेर ल्याप्चे हान्ने मात्रै हो । जसरी पनि आइज ।’ रेखाले भनिन, ‘मेरो साइन तिमी नै गरिदेउ, ल्याप्चे पनि तिमीले नै हानिदेउ न, म होइन भन्दिनँ क्यारे ।’ छविले मानेन, ‘त्यस्तो खेलाँची गरेर हुँदैन, तैँ चाहन्छि ।’ रेखाले जान नचाहेर भाउ खोजिरहेकी थिइन् । भनिन, ‘मलाई ल्याप्चे हान्न पनि तिमीले सिकायौ । अब त मैले ल्याप्चे हान्न बिर्सिसकेँ ।’
    बल्ल छविले भेद खोले, ‘मलाई पनि तेरो डिभोर्स चाहिएको थिएन, तर त्यसले मानिन क्या । त्यसलाई मात्रै त मनाउन सक्थेँ होला, उसको परिवारले पहिला रेखासँग डिभोर्सको कागज ल्याउनुस् भनेका छन् । त्यसैले प्लिज आइदे न ।’ ‘यसरी कर गरेपछि मात्रै गएको’, रेखाले भनिन, ‘जे गरे पनि म डिभोर्स मुद्दा हाल्ने थिइनँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.