logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    टर्कीमा सैन्य कूको प्रयास असफल, दर्जनौ मारिए, सयौं पक्राउ


    २ साउन २०७३ , आइतबार

    टर्कीमा सैन्य कूको प्रयास असफल, दर्जनौ मारिए, सयौं पक्राउ

     
    काठमाडौं,साउन । हजारौं जनता सडकमा उत्रिएपछि टर्कीमा सैन्य कूको प्रयास असफल भएको छ । सत्ता कब्जाको प्रयास गर्ने १०४ जना मारिएका छन् भने उच्च सैनिक अफिसरसहित २ हजार ८ सय बढी सैनिक पक्राउ परेका छन् ।

    टर्कीका कार्यबाहक सेना प्रमुखका अनुसार सैन्य बलको एक समूहले गरेको सत्ता कब्जाको प्रयास असफल भएको छ । प्रधानमन्त्री बाइनलाई इलदिरिमका अनुसार अहिलेसम्म उच्च सैनिक अधिकारीसहित २८३८ सैनिक पक्राउ परेका छन् ।

    राष्ट्रपति रेचप तैयब एर्दोआन छुट्टी मनाउन गएको बेला सैन्य कूको प्रयास भएको थियो ।

    सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ता कब्जाको घोषणा गर्नुका साथै कफ्र्यू लगाएको थियो । सेनाका बख्तरबन्ध गाडीहरु सडकमा आएको थियो ।

    रातभर राजधानी अंकारामा गोलाबरी समेत भयो । यस क्रममा सैन्य कूको प्रयासमा संलग्न बाहेक ९० जनाको मृत्यु भएको छ भने ११५४ जना घाइते भएका छन् ।

    टर्कीका राष्ट्रपति एर्दोआनाले लोकतन्त्रका लागि सडकमा आउन जनतालाई अपील गरे । छुट्टी मनाउन गएका उनी देश फर्किएका छन् र यसलाई देशद्रोहको संज्ञा दिएका छन् ।

     

    लगतै हजारौं मानिस सडकमा आएपछि सत्ता कब्जाको प्रयास असफल भएको छ । इस्तानबुलको बोसफोरस पुलमा रहेका बिद्रोही सैनिकहरुले आत्मसमर्पण गरेका छन् । सडकमा उत्रिएका राष्ट्रपतिका समर्थकहरुले बिद्रोही सैनिकमाथि बेल्टले होनेको तथा सैन्य टंकहरु कब्जामा लिएको फुटेज सरकारी टीभीमा देखाइएको छ ।

    बिद्रोही सैनिकहरुको हिरासतमा रहेका सेना प्रमुखलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । इस्तानबुलको विमानस्थल सेनाको नियन्त्रणमा आएको छ र उडान तथा अवतरण सुरु भएको छ ।

    सेनाको हेलिकोप्टरमा ग्रिस पुगेका ८ जनालाई फिर्ता पठाइएको छ, जो शरण माग्न ग्रिस पुगेका थिए । केही उच्च सैनिक अधिकारीलाई हटाइएको छ ।

    सैन्य कूको योजनाकार अझै प्रष्ट भएको छैन । तर, टर्कीका राष्ट्रपति र प्रधानमन्त्रीले सैन्य कूको प्रयासको आरोप निर्वा्सित इस्लाम धर्मगुरु फतहुल्लाह गुलेनमाथि लगाएका छन् । गुजेनको पक्षमा उभिने देश टर्कीको मित्र हुने नसक्ने र उक्त देशसँग युद्ध भए सरह मानिने बताएको बीबीसीले जनाएको छ ।

    तर, अमेरिकामा बस्ने गुलेनले भने सैन्य कूको प्रयासमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.