बुटवल, साउन ३० । रायमाझी कुल देवता नगर समिति बुटवलले महिलाहरुको महान् चाड तीजको अवसर पारेर दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।
बुटवलको मणिमुकुन्द सेन पार्क फूलबारीमा भदौ ११ गते दर खाने कार्यक्रमको आयोजना गरिएको सहसचिव रामु रायमाझीले जनाए ।
कार्यक्रममा यस क्षेत्रमा रहेका रायमाझी दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागी हुन अनुरोध गर्दै भदौ ६ गते सम्म नगर सचिव ९८५७०३१२९० सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
विभिन्न क्षेत्रमा छरिएर रहेका रायमाझी परिवारबीच एकता र सामिप्यताको लागि दर खाने कार्यक्रम राखिएको हो ।