logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    दबङ्ग ३ मा काजोल नरहने


    ३ भाद्र २०७३ , शुक्रबार

    दबङ्ग ३ मा काजोल नरहने

    भदौ ३
    मुम्बई – दबङको तेस्रो संस्करणमा दुई जना नायिका हुने पक्का भइसकेको छ ।
    शुरुमा चलचित्रमा परिणिती चोपडालाई यसमा साइन गरिएको खबर आए पनि पछि चलचित्रका निर्माता अरबाज खानले दबङ्ग ३ मा सोनाक्षी सिन्हा पनि हुने स्पष्ट पारेका थिए ।
    kajol_640x480_81463993308
    यद्यपि, चलचित्रमा सोनाक्षी सिन्हा रहन्छिन् वा रहँदिनन् भन्ने अझै सस्पेन्स बाँकी नै रहेको छ ।

    अरबाज खानले नै एक अन्तर्वार्तामा स्क्रिप्टको अनुसार सोनाक्षीको रोल तय गरिने बताएका थिए । यद्यपि, स्क्रिप्टमा बदलाव पछि चलचत्रिमा सोनाक्षी नरहेको खबर अरबाज निकटबाटै आएको थियो ।

    भारतीय मिडियाका अनुसार हालै मात्र चलचित्रका लागि काजोललाई पनि सम्पर्क गरिएको थियो, तर काजोलले भने चलचित्र अस्वीकार गरिदिइन् । स्रोतलाई उल्लेख गर्दै भनिएको छ, दबङ्ग ३ मा हिरोइनको निकै सशक्त भूमिका रहेको छ । त्यही भएर अरबाज चलचित्रमा लोकप्रियका साथै अभिनयमा पनि दख्खल राख्ने नायिका राख्न चाहन्छन् ।

    तर, चलचित्र छनौट गर्ने मामिलामा काजोललाई कठोर मानिन्छ । उनले थ्री इडियट्स जस्ता चलचित्र समेत नकारेकी थिइन् ।

    अरबाजको दाबी विपरित चलचित्रमा आफ्नो भूमिका सशक्त भूमिका नपाएपछि काजोलले चलचित्रमा काम नगर्ने भएको बताइउको छ ।

    दिलवाले चलचित्रमा अनुभव राम्रो नभएपछि उनले नयाँ चलचित्र छनौट गर्दा निकै ध्यान दिइरहेको बताइएको छ ।

    यसअघि दुवै संस्करणमा सलमान खानको साथमा सोनाक्षी मुख्य भूमिकामा थिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.