logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    टाढा हुँदाको तीजमा “आमा”


    २० भाद्र २०७३ , सोमबार

    टाढा हुँदाको तीजमा “आमा”

     

    लेख रचनाको दुनियामा सानो प्रयास….
    anjila sharma
    एन्जिला शर्मा
    आमा ! पहिले संगै बस्दा चाडपर्व वास्तै नलाग्ने…अघिपछि पनि माइत आइराख्ने चेलीबेटी दशैं तिहार तीज भन्दै फुरुङ्ग हुदै माइत आको देख्दा हाँसो लाग्थ्यो ।

    सधै आइरहेको माइत आज के के न पहिलो पटक आएको विशेष दिन जस्तो गरेको होला जस्तो लाग्ने । अनि कुनै साल तिमी पनि यो तीज मा त एक हप्ता अगाडि माइत गएर रमाइलो गर्ने हो भन्दा अनौठो लाग्थ्यो ।

    बिनासित्ती किन उचालिएको होला सँधै जाने आउने ठाउँ पनि ऐले को जमानामा झन् साँझै बिहानै फोनमा कुरा पनि भैराख्छ । मामाघर अघिपछि महिनौँ दिन अगाडी गएर माइत बस्दा को रमाइलो त के फरक रहेछ जस्तो लाग्ने ।

    तर आज आमा म विदेश मा छु त्यहाँ तिम्रो काखमा भन्दा पनि खुशी र सुखी छु । बुढाको काखमा विकसित देशको सुविधा र सुखसयलमा छु । तर पनि आज आमा निकै खल्लो लग्दैछ । फरक केही छैन ज्वाईले त्यत्तिकै माया गर्नुहुन्छ । त्यत्तिकै सुख मा राख्नुभएको छ ।

    खै आमा यो चाडपर्व भन्ने चिज नै यस्तै पो हो कि घर बाट टाढा हुँदा दिन गनेर बस्नु मन लाग्ने अरुलाइ निम्तो आउँदा मलाई पनि आउनै पर्छ अनि आउँछ पनि जस्तो लाग्ने ।

    देशमा हुँदा छरछिमेकका भाउजू काकीहरुले अझै माइतबाट निम्तो आएन । छर छिमेकका सबै माइत गैसके तिमीलाई बोलाएनन् यो साल भन्दै सोध्दा कस्तो अप्ठ्यारो लाग्ने भन्थे । आफ्नो माइत जान नि किन बोलाउन पर्छ र आफै गए हुन्छ है । तैपनि अरुलाई के चासो निम्तो आए पनि नआए पनि सधै गको माइत आफै जान सकिहाल्छु नी । सत्ययुग हो र सानै मा बिहे गरिदिएर बाटो चिन्दिन भनेर माइती लिन आउनुपर्ने भनिदिनुस् न भनेर सिकाउने म नै थिएँ ।

    सम्झिँदा म आज आफै कसरी यति कमजोर भए जस्तो लाग्न थाल्यो । आमा समाज दोषी पनि होइन रहेछ नत्र त यहाँ कुन समाज छ र मलाई तीज मा माइत गैनस् भनेर गिज्याउने । हुन त ऐलेको तडकिलो भड्किलो एक महिना अगाडीबाट महँगा पार्टीमा गएर रक्सी र मासु दर खाएर मनाइने तीजले मेरो मन छोएको पनि होइन । खै आमा आफ्नै मन रहेछ । फरक उमेरमा फरक तरिका ले सोच्ने ।

    खैर आमा यति गुनासो पोखिराख्ने सानो चित्त त होइन तिम्री छोरीको तर पनिआमा तिमीलाई पनि यो तीजमा छरछिमेकमा छोरी हरु माइत आएको देखेर म पनि आइदिए हुन्थ्यो । तीजमा तिमीले बनाएको गक्ष्य अनुसारको मिठो मसिनो दर खाइदिए हुन्थ्यो जस्तो लागेको छ भने आमा मलाई सम्झेर गरिबको एकछाक पेट भरिदेउ म तृप्त हुन्छु । मेरो भाग तीजमा सस्तो महँगो लुगा किनिदिने सोचेकी छौ भने दुखीको शरीर ढाक्न दान गरिदेउ आमा म यतिकै फुरुङ्ग हुन्छु ।

    तिमीले पकाएको तीजको दर मात्र होइन आमा हरेक छाक मेरा लागि विशेष छन् । तिमीले दिएको वस्त्र मलाई सँधै सबै भन्दा बढी सुहाउने र मन पर्ने हुन्छन् । केही छैन आमा यो तीज को पर्वमा मलाई सम्झेर अपरिचित छोरी को दिन सुख ले भरिदेउ । तिम्रा अगाडि तीज को दिन कोही निन्याउरो मुख भएका नहोऊन् । त्यसैमा म खुशी हुनेछु मेरो मन लाई गर्वका साथ जवाफ दिनेछु । हेर मेरी आमाले मलाई तीजमा बिर्सेकी छैनन् ।
    वसन्तपुर ८ भैरहवा
    हाल ः जर्मनी

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.