logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    जसले अरुको सम्मान गर्न जानेको छ, उसले आफ्नो सम्मानको अपेक्षा गर्नुपर्दैन


    २४ भाद्र २०७३ , शुक्रबार

    जसले अरुको सम्मान गर्न जानेको छ, उसले आफ्नो सम्मानको अपेक्षा गर्नुपर्दैन

    सानैदेखि सामाजिक क्षेत्रमा क्रियाशील युवा संजय केसी लियो क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष हुन् । लियो क्लब लगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध यी युवा सामाजिक क्षेत्रमा सदैव क्रियाशील रहन्छन् ।
    लियो इन्टरनेशनल डिष्ट्रिक थ्री टु बी टुु नेपालका डाइरेक्टरसमेत रहेका यी युवा व्यक्तित्व जेसीआई सिद्धार्थका समेत मानव अधिकार संयोजक रहेका छन् । बौद्धिक अपाङ्गता अभिभावक संघ रुपन्देहीको संयोजकको रुपमा समेत क्रियाशील रहेका केसी भैरहवा विपी पथका स्थायी बासिन्दा हुन् । यीनै युवा सामाजिक व्यक्तित्वक संजय केसीसँग वरिष्ठ पत्रकार कमल रायमाझी ले लिएको अन्र्तवार्ता ः
    sanjay-kc
    यहाँ सामाजिक क्षेत्रमा क्रियाशील हुनुको कारण के हो ?
    –सानैदेखिको मेरो चाहना हो, सामाजिक क्षेत्रमा लाग्नु भनेको  । मेरा साथीभाईहरु र परिवार समेत सामाजिक क्षेत्रमा नै सहभागी रहेकाले म पनि यस क्षेत्रमा क्रियाशील हुन पुगेँ । मुख्यतया सामाजिक क्षेत्रमा लाग्दा व्यक्तिको पहिचान र व्यक्तित्व विकास हुने भएकाले पनि यसले मलाई आकर्षित बनायो । जसले मलाई सबैभन्दा ठूलो आत्मसन्तुष्टि समेत प्रदान गरेको छ ।

    सामाजिक क्षेत्रमा क्रियाशील हुँदा तपाईले के पाएजस्तो लाग्छ ?
    –सामाजिक क्षेत्रमा लाग्नु भनेको अरुको सेवा नै हो । दुःखी, गरिब, अपाङ्गता, वृद्धवृद्धा, अनाथहरुको सेवा गर्दा वास्तवमा मलाई संसार जितेजस्तै आत्मसन्तुष्टि प्राप्त हुन्छ । मैले आफूभन्दा कम भाग्यमानीको सेवा गर्ने जुन अवसर पाएको छु । यो नै मेरो लागि ठूलो उपलब्धि हो । म यसमा निरन्तर रुपमा लागिरहने अठोट पनि लिएको छु ।

    यहाँ विभिन्न सामाजिक क्षेत्रमा आबद्ध हुनुहुन्छ । यहाँ आबद्ध संस्थाहरुले समाजमा कस्तो योगदान पु¥याए जस्तो लाग्छ ?
    –म आबद्ध संस्थाहरु मध्ये लियो क्लब र जेसीआई सिद्धार्थ मुख्य हुन् । यी संस्थाहरुले मुख्यतया समाजमा युवाहरुलाई एउटा छाताभित्र आबद्ध गर्दै व्यक्तित्व विकास, नेतृत्व विकास, अनुभव र अवसरहरु प्रदान गरेको छ ।
    समाजमा युवाहरुलाई कुलतबाट जोगाउने काम समेत म आबद्ध संस्थाहरुले गर्ने गरेका छन् । यी संस्थाहरुमा विभिन्न राजनीतिक, धार्मिक विचारधारा भएका मानिसहरु आबद्ध भएतापनि सामाजिक क्षेत्रमा लाग्दा समाजको विकास र देशको हितमा लाग्ने अठोटका साथ समाजको विषयमा चिन्तनशील बनाएको हुन्छ ।
    दोस्रो म आबद्ध संस्था बौद्धिक अपाङ्गता अभिभावक संघ हो । यसले विशेषगरी समाजमा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न माध्यमबाट उनीहरुको सहयोगमा क्रियाशील भएको छ । उनीहरुको जीवनस्तर उकास्न, क्षमता अभिवृद्धि गर्न, शिक्षा, आधारभूत अधिकार प्राप्तिको लागि सहयोग पु¥याउने गरेको छ ।
    यसले विभिन्न क्षेत्रमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि  स्कूलहरु समेत स्थापना गरेको छ । यस संस्थाले  रुपन्देहीको रुद्रपुरमा रुद्रपुर डे केयर सेन्टर र लुम्बिनी डे केयर सेन्टर लुम्बिनीमा संचालन गरेको छ । बौद्धिक अपाङ्गता हुनु भनेको भाग्य वा भगवानको देन भन्ने कुराको अन्त्य गर्दै शारीरिक र मानसिक रुपमा अशक्त व्यक्तिहरुलाई सहयोग पु¥याउन हौसला समेत उनीहरुको परिवारलाई प्रदान गरेको छ ।

    लियो क्लबमा युवाहरु आबद्ध हुनुपर्ने आवश्यकता किन देख्नुहुन्छ ?
    –युवा अवस्था भनेको खास उर्जाशील समय हो । यस समयमा विभिन्न कुराहरु सिक्नुका साथसाथै आफूमा भएको उर्जा विभिन्न सकारात्मक बाटोमा सदुपयोग गर्नका लागि लियोले मार्गदर्शन गर्दछ । जीवनमा युवाअवस्था पछि सकारात्मक बाटो फैलाउन समेत लियोले सहयोग पु¥याउँछ । समाजमा असल र सामाजिक व्यक्तित्व उत्पादन गर्न समेत लियो क्रियाशील देखिन्छ । देशलाई चाहिने असल जनशक्ति, सामाजिक व्यक्तित्वहरु र राजनीतिज्ञहरु समेत तयार पार्न यो संस्थाले मद्दत गरेको छ ।

    लियो डिष्ट्रिक ३२५ डि टु नेपालले अहिले खास कस्ता किसिमका युवा केन्द्रित कार्यक्रमहरु अगाडि बढाएको छ ?
    –लियो डिष्ट्रिक ३२५ डि टु नेपाल पूर्वमा वीरगंज र पश्चिममा महेन्द्रनगरसम्म फैलिएको छ  । यस क्षेत्रमा ७० वटा लियो क्लबहरु र करिब ३ हजार जति लियोका सदस्यहरु आबद्ध रहेका छन् । लियो डिष्ट्रिक ३२५ डि टु ले ७० वटा लियो र ३ हजार सदस्यलाई एउटा छातामुनि केन्द्रित गर्ने काम गरेको  छ । विभिन्न सामाजिक क्षेत्रमा पु¥याउनुपर्ने योगदानलाई संस्थागत रुपमा संस्थाहरुबीच समझदारी र सहकार्य गर्न सहयोग पु¥याएको छ ।
    सदस्यहरुबीच क्षमता अभिवृद्धिका लागि एक ठाउँमा सहभागी गराउने गरेको छ । लियो फाउन्डेसन स्थापना गरी शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको छ । यी क्लबहरुलाई एक ठाउँमा उभ्याएर व्यक्तित्व र नेतृत्व विकासका तालिमहरुमा सदस्यहरुलाई सहभागी गराएको छ । युवा व्यवसायमुखी कार्यक्रमलाई अगाडि बढाउन सहयोग पु¥याएको छ । युवा वर्गलाई सामाजिक क्षेत्रमा लाग्न प्रेरित गरेको छ ।

    रुपन्देहीमा लियो क्लबहरुको प्रभाव कस्तो रहेको छ ?
    –नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रुपन्देही पर्दछ । विश्वको ध्यान आकर्षित गरिरहेको शान्तिभूमी महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान रहेको यस जिल्लामा लियोले आफ्ना सामाजिक कार्यहरुलाई तिव्रता दिने गरेको छ । भारतीय सीमा समेत यस जिल्लासँग जोडिएका कारण लागूऔषधको कुलतमा फस्न लागेका युवाहरुलाई सामाजिक क्षेत्रमा क्रियाशील बनाएर कुलतबाट बच्न सहयोग पु¥याएको छ ।
    नेपालकै दोस्रो ठूलो औद्योगिक क्षेत्रको रुपमा विकास भइरहेको यस क्षेत्रमा रहेका विभिन्न समुदायहरुबीच सद्भाव कायम गर्ने, मजदुर र मालिकहरुबीच सम्बन्ध स्थापित गर्न लियो क्लबहरु लागेका छन् । यस जिल्लामा रहेका १५ वटा लियो क्लबहरु सदैव समाजका निम्ति सकारात्मक सोचका साथ युवाहरुको व्यक्तित्व विकासमा क्रियाशील रहेका छन् । सामाजिक क्षेत्रमा युवाहरुलाई आकर्षित गर्ने काम लियोले गरेको छ । अपाङ्ग एवं वृद्धवृद्धा, अनाथहरुलाई सहयोग पु¥याएर लियोले आफ्नो परिचय दिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमहरु मार्फत युवाहरुलाई सकारात्मक सोचका साथ सामाजिक सेवामा लाग्न लियो क्लबहरुले आकर्षित गरिरहेका छन् । परिस्थिति अनुसार लियोहरु एक ठाउँमा संगठित भएर बाढी पहिरो पीडितहरुलाई सहयोग पु¥याएका छन् । युवाहरुको क्षमता अभिवृद्धि देखि सामाजिक क्षेत्रमा रुपन्देहीमा रहेका लियो क्लबहरुको प्रभाव व्यापक रहेको छ ।

    प्रसंग बदलौँ, विभिन्न संघसंस्थामा आबद्ध हुँदा आफ्नो व्यक्तिगत जीवनलाई कसरी समायोजन गर्नुभएको छ ?
    –मानिसको ईच्छाशक्ति हो, सामाजिक क्षेत्र भनेको वास्तवमा आत्मसन्तुष्टि हो । मानिसमा आत्मसन्तुष्टि भएपछि सबै कुराको व्यवस्थापन सहज रुपमा हुने गर्दछ । जब हामी समाजभित्रै रहन्छौ र समाजमै रमाउनका लागि अरुको सेवामा सदैव रमाउनका लागि हामीजस्ता सामाजिक व्यक्तित्वहरुले परिवारलाई व्यवस्थापन गर्न कुनै कठिनाई हुँदैन ।
    व्यक्तिगत स्वार्थ र पैसाको पछाडि दौडनेहरुका लागि सँधै नाफा र नोक्सानले जिन्दगी बर्बाद बनाएको हुन्छ । उनीहरुलाई न त आफ्नो व्यक्तिगत जीवनको पर्वाह हुन्छ, न त समाजको नै । उनीहरु केवल त पैसाको पर्वाहमा दौडिएका हुन्छन् त्यसैले सामाजिक क्षेत्रमा लाग्ने मानिसहरुको लागि परिवार, समाजसेवा आदिको व्यवस्थापन आत्मसन्तुष्टिसँगै सहज हुन पुग्छ ।

    यहाँले सामाजिक क्षेत्रमा लाग्दै गर्दा भविष्यमा कस्तो समाजको परिकल्पना गर्नुभएको छ ?
    –मुख्यतया मैले सोच्ने भनेको युवाहरुलाई क्षमता विकास, नेतृत्व र व्यक्तित्व विकास गराउँदै समाजसेवामा समर्पित गराउने हो । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि समेत सहज रुपमा बाँच्न पाउने साहस प्रदान गर्ने रहेको छ । यो समाज सेवा नै धर्म हो भन्ने मा प्रेरित रहोस् । मानिस जन्मेपछि मृत्यु अवश्य निश्चित छ भन्ने कुरा सबैले सोच्नु जरुरी छ ।
    बाँचुञ्जेल आफूको लागि भन्दा पनि अरुको लागि केही गरौँ भन्ने भावना सिर्जना होस् हिजो संसार जित्नेहरु हिटलरजस्ता, ओसामा बिन लादेनजस्ता व्यक्तिहरु मर्नुपरेको छ । यो संसार समयको हो । त्यसैले समयअनुसार व्यक्तिगत स्वार्थभन्दा सामाजिक स्वार्थमा लाग्नेछन् भन्ने मेरो परिकल्पना छ ।

    अन्त्यमा ?
    –अन्त्यमा निस्वार्थ भावनाका साथ सामाजिक क्षेत्रमा लाग्नका लागि युवाहरु आफै क्रियाशील हुनुपर्नेछ । जसले अरुको सम्मान गर्न जानेको छ, उसले आफ्नो सम्मानको अपेक्षा गर्नुपर्दैन । सकारात्मक संस्कृतिको विकास, समुन्नत नेपालको सोच र सही राजनीतिको विकास नेपालले प्राप्त गरोस् भन्न मेरो कामना रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.