logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जेसिज सदस्य हुन चाहनेले आवेदन दिनु्स्


    २८ भाद्र २०७३ , मंगलबार

    जेसिज सदस्य हुन चाहनेले आवेदन दिनु्स्
    lekhnath-bhattarai

    लेखनाथ भट्टराई अध्यक्ष, जेसीआई सिद्धार्थ

    अध्यक्षज्यू, यहाँलाई लुम्बिनीखबरमा स्वागत छ ?
    –धन्यवाद ।

    जीवनको आरोह अवरोह पार गर्दै जेसीआई सिद्धार्थको अध्यक्षको भूमिका निर्वाह गरिरहनुभएको छ । युवाअवस्थामा सामाजिक क्षेत्रमा काम गर्दा कस्तो अनुभूति भईरहेको छ  ?
    –हेर्नुस्। जीवन भनेको एउटा नदी जस्तै रहेछ । हिमालबाट हिउँ पग्लदै पानीको रुपमा बग्छ । बारीको किनार पारीको किनार ठूला ठूला चट्टानसँग जुध्दै अगाडि बढ्ने गर्दछ । त्यसरी नै मन सिद्धार्थ जेसिजको अधयक्षको भूमिका निर्वाह गर्न पुगेको छु ।
    कुरा रह्यो युवा अवस्थामा सामाजिक क्षेत्रको अनुभवको कुरा गर्दा एउटा उद्देश्य लिई अगाडि बढेको मान्छे म यस क्षेत्रमा लागेपछि हाम्रो आस्थाका हरेक पंक्ति उत्तिकै महत्वपूर्ण रहेको छ । जसमा मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो । भन्न्े नारालाई अगाडि बढाउँदै मेरो कार्यकालमा विभिन्न मानवताको सेवामा आधारित कार्य गरेको छु । जसले गर्दा आफूलाई आनन्दको महशुस भएको छ ।

    सामाजिक विकासमा युवाको भूमिका कस्तो हुनुपर्छ ?
    –युवाह सामाजिक विकासका लागि आफू र आफ्नो भन्दा माथि उठेर समाज, राष्ट्रका लागि आफू र आफ्नो कर्तव्य सम्झि समाजको विकास राष्ट्रको निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुनुपर्दछ ।

    विभिन्न आस्था र विचारका आधारमा युवाहरु बाँडिदा सामाजिक विकासमा नोक्सानी पुगेको देखिन्छ, यहाँलाई के लाग्छ ?
    –युवाहरु विभिन्न राजनीतिक आस्था र विचारमा युवाहरु बाडिँदा सामाजिक विकासमा त नोक्सानी पुगेको छ नै तर हेर्नुहोस् मैले माथि नै उल्लेख गरेको छु । राजनीतिक विचार जे जस्तो मएपनि राष्ट्र निर्माण, सामाजिक विकासका लागि सम्पूर्ण युवाहरु राष्ट्रियता र राष्ट्र निर्माणमा एक हुनुपर्दछ भन्ने मलाई लाग्छ ।

    यहाँले नेतृत्व गरिरहेको संस्था जेसीआई सिद्धार्थले बन्धुत्वको भावना राष्ट्रहरुको सर्वोपरी छ भन्ने नारालाई आत्मसाथ गरिरहेको छ । यसर्थ सबै भाषी, धर्मी, समुदाय, जाति र समुदायलाई एकत्रित गराएर अगाडि बढ्न जेसिजले के गरिरहेको छ ?
    –यो संस्थाको कुरा गर्दा जेसिज कुनै धर्मको मात्र नारा अगाडि बढाएर हिँड्ने संस्था होइन । योे सबै र्धमको उत्तिकै महत्व राख्दछ । यसमा १८ वर्ष पुगेको र ४० वर्ष ननाघेको जो पनि युवायुवती यसको सदस्य बन्न पाउनेछन्, त्यसले गर्दा सबै भाषा, धर्म, समुदायलाई एकत्रित गारएर अगाडि बढेको नै छ ।

    यहाँ अध्यक्ष भएपछि हिजो र आजको जेसिजमा तात्विक फरक के ल्याउनुभयो ?
    –जेसिज हिजो कस्तो थियो भन्ने कुरामा जानु भन्दा आजको जेसिजमा आफूले के गरे भन्ने कुरामा जानु राम्रो होला । जेसिजमा मैले माथि उल्लेख गरेको छु । १८ वर्ष पुगेको ४० वर्ष ननाघिसकेका युवाहरुको संस्था हो । जसमा यसको मूल कुरा नेतृत्व र व्यक्तित्व विकास गराउनुपर्ने कुरा हो । म यस संस्थामा अध्यक्ष भएर आएपछि विभिन्न रचनात्मक काम गर्दै अगाडि बढेको छ । जसको मूल्याकंन यहाँहरु पत्रकारहरुको माध्यमबाट आजको जेसिज कस्तो भएको छ भन्ने कुरा यहाँहरुले नै मूल्यांकन गर्नुपर्छ जस्तो लाग्छ ।

    सेप्टेम्बर महिना जेसिजको नयाँ सदस्यताको लागि आवेदन गरिने समय हो । जेसिजको नयाँ सदस्यकोलागि के कस्तो योजना बनाउनुभएको छ ?
    –ठीक कुरा ठीक समयमा उठाउनुभएको छ । हाम्रो आफ्नै तरिका छ । जसमा नयाँ सदस्य बनाउनलाई म आफू पदस्थापन हुँदा मैले सदस्य वृद्धि संयोजक तोकेको छु । उहाँले अब सदस्यको नाम सिफारिस गर्नुहोला । त्यसको आधारमा हामीले धेरै भन्दा केही सदस्य बनाउने नै छौँ ।

    यहाँको अब जेसिजलाई के कसरी अगाडि लैजाने योजना छ ?
    –हेर्नुहोस् म यस संस्थाको अध्यक्ष भएको केही महिनामा नै मेरो बुवाको देहावसान हुन पुग्यो । त्यसले गर्दा केही महत्वपूर्ण कार्य गर्न दुई तीन महिना सकिन् । अबका दिनमा जति समय छ , मैले तालिम संस्थामा भूपू अध्यक्षज्यूहरुको मूल्यांकन गर्दै भूपू अध्यक्ष समान विभिन्न पार्टीका युवाहरुलाई एक ठाउँमा राखी अन्र्तक्रिया गर्ने योजनाका साथ अगाडि लैजानेछु ।

    अन्त्यमा ?
    –यहाँलाई धन्यवाद साथै मलाई बोलाई यस पत्रिकामार्फत आफ्नो कुरा राख्न दिनुभएकोमा यहाँको पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.