logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    अनुगमन प्रभावकारी छैन ः अध्यक्ष बैदवार


    २ असोज २०७३ , आइतबार

    अनुगमन प्रभावकारी छैन ः अध्यक्ष बैदवार
    img_9440

    लक्ष्मण बैदवार अध्यक्ष, उपभोक्ता मञ्च नेपाल

    लुम्बिनीखबरको साताको संवादमा यहाँलाई स्वागत छ ।
    –यस लुम्बिनीखबर पत्रिका मार्फत आम उपभोक्ताहरुले पुरा मूल्य चुकाएर गसणस्तरहीन सेवा सुविधा उपचोग गर्नैपर्ने अवस्थाबारे उपभोक्ताहरुलाई जनचेतना जगाउन, सचेत पार्नका लागि उपभोक्ता मञ्च नेपाल रुपन्देही शाखालाई पनि सम्झिनु भएकोमा लुम्बिनीखबर पत्रिका टिमलाई मञ्चको तर्फ व्यक्तिगत तर्फबाट धन्यवाद ।

    उपभोक्ता मञ्च नेपालले आजभोली के गर्दैछ ?
    –उपभोक्ता मञ्च नेपाल जिल्ला शाखा रुपन्देहीले यस रुपन्देही जिल्लाका उपभोक्ताहरुलाई जागरुक, सचेत र शिक्षित गराउने, संघ संस्था र सरकारलाई खबरदारी गर्ने तथा बजारमा भएका उपभोक्ता हित विरोधी क्रियाकलापबाट अनधिकृत फाईदा लिन पल्केकाहरुको भण्डाफोर गर्ने अभियानमा क्रियाशील रुपमा लागिरहेको छ ।

    बजार अनुगमन त भइरहेको छ तर त्यति फलदायी देखिँदैन ?
    –बजार अनुगमन निरन्तर भैरहेको छ । अनुगमनको क्रममा पूर्व तयारी अभाव, नियमन गर्ने निकायको फितलो कानुन, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण र क्षेत्रीय नापतौल कार्यालयमा कर्मचारीको अभाव,  अनुगमनको क्रममा फेला परेका गुणस्तरहीन वस्तुको खाद्य गुणस्तर ल्याब चेकजाँच गर्ने निकायको ढिलाई, सरकारले उपभोक्ता हितको विषयमा चर्चा गर्ने कार्यान्वयनमा ध्यान नदिने र उद्योग व्यापारीहरुको दबाबमा नियमन गर्ने निकाय निष्क्रियताको कारण बजार अनुगमन खाली औपचारिकताको लागि मात्र भई फलदायी हुन सकिरहेको छैन ।

    सरकारले नै बजार अनुगमनलाई तिव्रता दिएता पनि व्यापारीहरुले कालोबजारी गर्न छाडेका छैनन् नी ?
    –नेपाल सरकारले बजार अनुगमनलाई तिव्रता दिने झ्याली पिटेता पनि यथार्थमा व्यापक बेवास्ता भैरहेको छ । अहिले नेपाली वस्तु र सेवा बजारमा असहज आपूर्ति, कृत्रिम अभाव, कालोबजारी, महँगो मूल्य, गुणस्तरहीन वस्तु सेवाको उपलब्धता र निष्क्रियता जस्ता नियमनको अवस्ता छ । सम्पूर्ण व्यापार व्यवसाय सिन्डिकेट र कार्टलिङमा चलिरहेको अवस्था  छ । हाल यातायात क्षेत्रमा यातायात दुर्घटनाबाट सयौँ यात्रीहरुले ज्यान गुमाए, अङ्गभङ्ग भए । मन्त्री र सांसदहरुले सिन्डिकेट तोड्ने प्रतिस्पर्धा कुरा संसद भवन गरे तर कार्यान्वयनमा ध्यान दिएनन् । दिउन् पनि कसरी ती यातायात व्यवसायीका प्रतिनिधिहरु शासक वर्गहरु हुन् ? उपभोक्ताहरुले पाउनु परेका दुःख र सास्ती वर्णन र व्याख्या नै गर्न नसक्ने गरी दुःख पाएको अवस्था छ ।

    यहाँ समेत संलग्न जिल्ला बजार अनुगमन समितिले रुपन्देहीमा समेत अनुगमन गरिरहेको छ । यो जिल्लामा व्यापारीले के कस्तो कुकृत्य गरेको पाउनुभयो ?
    –जिल्ला अनुगमन समितिले बजार अनुगमनको क्रममा उत्पादक व्यापारीहरुले व्यापारी आचार संहिता विपरित सामानको मूल्य सूची  अधिकांश पसलमा नभएको, नापतौलमा ठगी गर्ने, म्याद सकिएको उपभोग्य वस्तु बिक्रीको लागि राख्ने, मिसावट गर्ने, खरिद बिल नराख्ने वा लुकाउने, मिलोमतोमा सामानको मूल्य निर्धारण गर्ने, खाना पकाउने ग्यास वा मापन कमी, ग्यासको सिलिण्डरको प्रयोग गर्न १० वर्ष हुने उक्त सिलिण्डर पुनः ग्यास भरी बजारमा पठाउने यस्तो सिलिण्डर (बम) जस्तो विष्फोट भएमा क्षतिपूर्ति ध्यान नदिएको, औषधी जस्तो संवेदनशील औषधी गुणस्तरहनि डेट एक्सपायर अत्यधिक महँगो मूल्य, दर्ता नभएका औषधी पसल, स्वीकृति प्राप्त नभएका औषधी विक्रेता, डाक्टरले गर्ने उपचार अहेवले गर्ने जस्ता उपभोक्ताहरुको स्वास्थ्यमा व्यापक खेलवाड, दूध जस्तो अति महत्वपूर्ण खाद्य पदार्थमा अखाद्य वस्तु मिसावट, पेट्रोलिययन पदार्थमा मापनमा कमी, मासु पसल अव्यवस्थित गुणस्तरहीन मासु बिक्री वितरण, तरकारी फलफूलमा विषाक्तको अधिक प्रयोग जस्ता गुणस्तरहिन सेवा सुविधा उपलब्ध भएको पाइएको छ ।

    यहाँ एक दशकदेखि उपभोक्ताहरुको हकहितको लागि काम गरिरहनुभएको छ । यत्तिका वर्षमा यहाँको अनुभवमा उपभोक्ता ठगिने कारण के हो जस्तो लाग्छ ?
    –यस जिल्लामा २०६१ सालमा उपभोक्ता मञ्च नेपाल जिल्ला शाखा रुपन्देही स्थापना भएपछि यस जिल्लामा उपभोक्ताहरुलाई संगठित गर्न जनचेतनामूलक कार्यक्रम गरी जागरुक गराउने, उपभोक्ता हकहित संरक्षणको लागि जिम्मेवार बनाउन र स्वच्छ बजार उपभोक्ता हितको लागि सरकारी निकाय र संघसंस्थाले दिने गुणस्तरहीन सेवा सुविधामा देखिएको समस्या नियमन गर्ने निकायलाई ध्यान आकर्षण गर्ने र दबाब सिर्जना गर्ने क्रियाकलाप उपभोक्ता मञ्च नेपाल रुपन्देही शाखाले निरन्तर गर्दै आएको छ ।
    मञ्चको सक्रियता अनुसार कार्यान्वयन पक्ष फितलो हुँदा उद्योग व्यवसायी, संघ संस्था र सरकारी निकायबाट दिने सेवा सुविधाबाट उपभोक्ता ठगिनु मुख्य कारण नेपाल सरकारले सेवा सुविधा दिने संघ संस्था नीजिकरण गरिनु, नेपाल सरकारको तयारी बिना डब्लुुुुटिओ मा जानु जसको परिणाम स्वदेशी उद्योग धन्दा विदेशी उद्योगधन्दा सँग प्रतिस्पर्धा गर्न नसक्नु, उत्पादनमा भन्दा आयातमा नेपाल सरकारले ध्यान दिनु, व्यापार आचारसंहिता विपरीत सम्पूर्ण क्षेत्रमा सिण्डिकेट, कार्टलिङ गरी व्यापार व्यवसायी गरिनु, निरन्तर रुपमा अनुगमन भए पनि दोषी उपर कारबाही नहुने, उपभोक्ता संरक्षण ऐन २०५४ र नियमावली २०५६ लाई नेपाल सरकारले कार्यान्वयनमा ध्यान नदिनु, सरकारले उपभोक्ता शिक्षा गाउँगाउँमा पु¥याउन नसक्नु, उपभोक्ताको चेतनास्तर नहुनु, उपभोक्ता संगठित भई आफूलाई परेको मर्काबारे विरोध आवाज उठाउनु नसक्नुु र उपभोक्ता हित विपरीत क्रियाकलाप विरुद्ध अदालतमा गएका मुद्दाहरु उपभोक्ता हित विपरीत व्यवसायीको पक्षमा हुने भएको कारण आम नेपाली उपभोक्ताहरु ठगिएका छन् ।

     ठगिनबाट जोगिन के उपाय अपनाउने ?
    –उपभोक्ताहरु उपभोग्य खाद्य सामग्री र सेवा सुविधाबाट ठगिनबाट जोगिनको लागि प्रथम राज्यले आम उपभोक्ताहरुको स्वस्थ र गुणस्तरीय उपभोग्य खाद्य व्यवस्थापन गर्नु राज्यको पहिलो दायित्व हुन्छ । उत्पादक र व्यापार व्यवसायी गर्नेहले व्यापारी आचारसंहिता पूर्ण पालना गरी उद्योगधन्दाबाट उत्पादित सामान स्वच्छ, गुणस्तरीय मापनमा विश्वसनीयता, उचित मूल्य लिई बिक्री वितरण ध्यान दिनुका साथै व्यापारमा सिण्डिकेट, कार्टलिङ र कालाबजारिया हटाउनु पर्ने ।
    नेपाल सरकारका नियमनकारी निकायले उपभोक्ता हकहित ध्यान दिई अनुगमनलाई निरन्तरता दिने, अनुगमनमा देखिएका गुणस्तरहीन खाद्य वस्तु, गुणस्तरहीन सेवा सुविधा दिने उत्पादक,  गुणस्तरहीन खाद्य वस्तु, गुणस्तरहीन सेवा सुविधा दिने उत्पादक, व्यापारी र संघ संस्था उपर उपभोक्ता संरक्षण ऐन २०५४ नियमावली २०५६ र कालोबजारी ऐन अन्र्तगत बनेका नियम कानुनलाई कार्यान्वयन ल्याई उपभोक्ताको हकहितमा फैसला गर्न खुट्टो कमाउन नहुने ।
    उपभोक्ताहरुले उपभोग गर्ने दैनिक खाद्य वस्तु लगायत सेवा सुविधा खरिद गर्नु भन्दा अघि मूल्य सूची, मापन, गुणस्तर, विषाक्त रहित, उत्पादन मिति, उपभोग मिति आदि ध्यान दिई खरिद गर्ने र त्यस्तो गुणस्तरहीन सेवा सुविधा देखिएको पाइएमा उपभोक्ता मञ्च नेपाल रुपन्देही, जिल्ला अनुगमन समिति संयोजक प्रमुख जिल्ला अधिकारी उजुरी दिन र कारबाहीको लागि दबाब सिर्जना गर्न हिच्किचाउन नहुने ।

    चाडपर्व नजिकिँदै गर्दा अनुगमन तीव्र हु अन्य समय शून्य प्राय हुन्छ, यसको पनि रहस्य छ की ?
    –हामी नेपालीहरुको चाडपर्व विशेष गरेर श्रावण महिनादेखि शुरु हुन्छ । श्रीकृष्ण जन्माष्टमी, शुभ  दशमी, दिपावली छठ, ईद लगायतका पर्वको समयमा उपभोक्ताहरुले अत्यधिक मात्रामा उपभोग्य खाद्य सामग्री लगायत लत्ताकपडा खरिद गर्ने बजारमा अत्यधिक भीडभाड हुने भएको कारणले गर्दा त्यस्तो भीडभाडको मौका छोपी व्यापार व्यवसायीहरुले उपभोग्य सामानहरु गुणस्तरहीन मापनमा कमी, सामानको अत्यधिक मूल्य लिने, खाद्य अखाद्य वस्तु मिसावट, विषाक्त भएका उपभोग्य खाद्य सामग्री विक्री वितरण हुने हुनाले चाडपर्वमा तिव्र रुपमा अनुगमन गर्न जरुरी र अन्य समयमा पनि समय–समयमा अनुगमन भैरहेको छ ।

    उपभोक्ता मञ्च नेपालले उपभोक्ताको हितका लागि कुनै विशेष काम गर्दैछ की ?
    –उपभोक्ता  मञ्च नेपाल, जिल्ला शाखा रुपन्देहीले आगामी दिनहरुमा यस रुपन्देही जिल्लामा ७ वटै क्षेत्रमा उपभोक्ताहरुलाई उपभोक्ताको हकहित संरक्षणको लागि उपभोक्ताहरुलाई संगठित बनाउने, उपभोक्ता ऐन नियमावली बारे जानकारी गराउने, विषाक्त खाद्य पदार्थबारे जानकारी गराउने, नापतौल, मूल्य सूची, स्वस्थ खाद्य पदार्थ सम्बन्धी अभिमुखीकरण कार्यक्रम, सरकारी निकाय र संघ संस्थाद्वारा प्रदान गरिने सेवा सुविधा सम्बन्धी अन्र्तक्रिया, उपभोक्ता जागरण गर्ने बुलेटिन प्रकाशन जस्ता क्रियाकलाप गर्ने, बजार अनुगमनलाई अझ सशक्त बनाउने कार्यक्रम रहेको छ ।

    अन्त्यमा ?
    –हामी नेपालीहरुको नजिकै आइरहेको महान चाडपर्वहरु शुभदशमी, शुभ दिपावली, इद, छठ पर्वहरुमा विशेष गरी हामी उपभोक्ताहरुले उपभोग गर्ने खाद्य सामग्री लगायत सेवा सुविधाहरुमा गुणस्तरीयता, विषाक्तरहित, मापन, मूल्य जस्ता वस्तु खरिद गर्दा ध्यान दिई, गुणस्तरीय उपभोग्य वस्तु उपभोग गरी स्वस्थ रही हर्ष र हौसलापूर्वक महान् चाडपर्वहरु मनाउन सम्पूर्ण उपभोक्ता महानुभावहरुमा शुभकामना दिन्छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.