logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ग्राहकको चाहना अनुसार आफूलाई परिमार्जित गर्दै वारिस अटोमोबाइल्स


    २६ कार्तिक २०७३ , शुक्रबार

    ग्राहकको चाहना अनुसार आफूलाई परिमार्जित गर्दै वारिस अटोमोबाइल्स
    13048131_262414387428906_3864962405183087542_o

    प्रगति थापा क्षेत्री (सुपरभाइजर / वारिस अटोमोबाइल्स)

    वारिस अटोमोबाइल्स यस क्षेत्रकै उत्कृष्ट र सफल अटोमोबाइल्स हो। छोटो समयमा नै आम उपभोक्ताको मन जित्न सफल यो अटोमोबाइल्सले ग्राहकको चाहना अनुसार आफूलाई परिमार्जित गर्दै अगाडि बढेको छ। ग्राहकको चाहना नै आफ्नो मुख्य सेवा रहेको बताउने यस अटोमोबाइल्सकी सुपरभाइजर प्रगति थापा क्षेत्रीसँग लुम्बिनीखबरको साताको संवादको लागि गरिएको केही कुराकानीमा आधारित अन्र्तवार्ता ः

    महिन्द्रा टु ह्वीलर्सको बजार माग कस्तो रहेको छ ?
    – यो ब्राण्ड नेपालमा नयाँ हो । यस ब्राण्डका चार पाङग्रे सवारी साधनहरु नेपालमा भित्रिएता पनि दुई पाङग्रे मोटरसाइकल र स्कुटीहरु भर्खर मात्रै आम उपभोक्तामाझ पुगेको छ । यसका प्रयोगकर्ताहरु पनि बिस्तारै बढ्दै गइरहेका छन् । अरु ब्राण्डका स्कुटी र मोटरसाइकलहरुको तुलनामा यसको बजार माग मध्यम रहेको  छ ।

    कुन विशेषताको आधारमा महिन्द्रा टु ह्वीलर्स आम उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ?
    –पहिलो कुरा त महिन्द्रा कम्पनी र यसको ब्राण्ड बजारमा उत्कृष्ट र सफल भएको छ । यसबाट नियमित चार पाङग्रे र ठूला सवारी साधनहरुले बजारको धेरै हिस्सा ओगट्न सफल भएतापनि दुई पाङग्रे मोटरसाइकल र स्कुटरले पनि आम उपभोक्ताको विश्वास जित्ने प्रयासमा रहेको छ । यसका विभिन्न विशेषताहरु पनि अरु ब्राण्डका मोटरसाइकल र स्कुटी भन्दा उत्कृष्ट र सफल रहेका छन् । जस्तै आरामदायी सिट, सखर टेलिस्कोपी सस्पेन्सन, बढी माइलेज, ट्युबलेस र ठूलो टायर, राम्रो र सुन्दर चाबी,  ५ वर्ष सम्मको वारेन्टी र कम मूल्यका कारण यो ब्राण्डबाट निर्मित मोटरसाइकल र स्कुटी आम उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।

    कस्ता ग्राहकहरुले महिन्द्रा ब्राण्डका  मोटरसाइकल र स्कुटी प्रयोग गर्ने गरेका छन् ?
    –मुख्यतया हाम्रो ब्राण्डका स्कुटीहरु साईज अनुसार होचो र अग्लो मानिसहरु दुवैले प्रयोग गर्न मिल्ने किसिमको छ । अर्को हाम्रा मोटरसाइकल र स्कुटीहरु बलियो इन्जिन भएका कारण कच्ची बाटोहरुमा पनि सहज रुपले चलाउन मिल्ने गरी निर्माण गरिएको छ । यसकारण दिगोपना र सहजता खोज्ने उपभोक्ताहरुले हाम्रो मोटरसाइकल र स्कुटीहरु प्रयोग गर्ने गरेका छन् । जसलाई टिकाउपनको संज्ञा पनि आम उपभोक्ताले दिने गरेका छन् ।

    महिन्द्रा टु ह्वीलर्स अरु ब्राण्ड भन्दा के फरक रहेको छ ?
    – हाम्रा ब्राण्डका विषयमा माथि नै धेरै कुराहरु आइसके । हाम्रो मुख्य फरकपन भनेकै टिकाउपना हो । हाम्रा ब्राण्डका मोटरसाइकल र स्कुटी प्रयोग गर्ने ग्राहकहरुले अन्य ब्राण्ड प्रयोग गर्न चाहँदैनन् । किनभने हामीले दिने सेवा सुविधाहरु समेत धेरै रहेका छन् र हाम्रा उत्पादनहरु मोटरसाइकल र स्कुटीहरुको माइलेज नै हेर्नुभयो भने तपाईले १२५ सिसीको स्कुटीले ५० भन्दा माथि दिन्छ अन्य ब्राण्डले ३० देखि ४० दिने गरेको छ ।

    टायरकै कुरा गर्नुहुन्छ भने हाम्रो स्कुटीमा ट्युबलेस र ठूलो टायर रहेको छ । एडजसमेन्ट सिटका कारण अग्लो र होचो दुवैलाई प्रयोगमा सहजता प्रदान गरेको छ । पेट्रोल ट्यांकीकै कुरा गर्नुहुन्छ भने हाम्रा स्कुटीहरुमा ६ लिटर सम्मको व्यवस्था गरिएको छ भने अन्य ब्राण्डका स्कुटीहरुमा ४ देखि ५  लिटर सम्मका ट्यांकीहरु रहेका छन् । टिकाउपनको हिसाबले समेत  हाम्रा ब्राण्डका मोटरसाइकल र स्कुटीहरु ५ वर्षसम्म निर्धक्क साथ चलाउन सकिन्छ । बुझेका ग्राहकहरुका लागि टु ह्वीलर्समा महिन्द्रा ब्राण्ड एक नम्बर रोजाइमा पर्ने सम्भावना प्रबल रहेको छ ।
    11665421_916931078426098_110858854034499016_n
    यहाँले आफ्नो ब्राण्डका मोटरसाइकल र स्कुटीहरुलाई कम्पनीले कस्तो बनाओस् भन्ने लाग्छ ?
    –हेर्नुहोस्, हाम्रा ब्राण्डका मोटरसाइकल र स्कुटीहरु उत्कृष्टता र बलिया हुँदाहुँदै पनि आम उपभोक्ताले यसका केही कुराहरुलाई सुधार गर्ने सुझाव हामीलाई दिने गरेका छन् । माइलेजको कुरा भयो, बलियो इन्जिनको कुरा, सिटको एडजसमेन्ट, ठूलो पेट्रोल ट्यांकी, ट्युबलेस् टायर हुँदाहुँदै पनि लुक्स र बनावटमा सुन्दरता नभएको भन्ने गरेका छन् । अब कम्पनीले बनाउने नयाँ मोटरसाइकल र स्कुटीहरुमा लुक्समा मुख्य ध्यान दिएर सुन्दरतामा ढाल्न आवश्यक रहेको छ । प्रत्येक ६ महिनाको अन्तरमा नयाँ बनावट र सुन्दरताका मोटरसाइकल र स्कुटीहरु बजारमा आउनुपर्दछ । मोटर पार्टस्का सामानहरु समेत सरल र सहज रुपमा बजारमा पु¥याउनमा हाम्रो कम्पनीले ध्यान देओस् भन्ने मलाई लाग्छ ।

    अटोमोबाइल्सको क्षेत्रमा वारिस अटोमोबाइल्सको भूमिका कस्तो रहेको छ ?
    –हामीले स्थापनाको छोटो समयमा नै अटोमोबाइल्स क्षेत्रलाई स्वच्छ प्रतिस्पर्धामा लैजाने जुन प्रयास गरेका थियौँ त्यो अहिले सबैले अंगीकार गरेका छन् ।  आम उपभोक्ता र अटोमोबाइल्स क्षेत्रका ग्राहकहरुलाई उत्कृष्ट र सरल रुपमा आफ्नो सेवा सुविधाहरु प्राप्त गर्नका लागि सहजता थपेका छौँ ।

    यस क्षेत्रमा काम गर्ने कर्मचारी वर्गका लागि समेत उत्साह र हौसलाका साथ काम गर्ने वातावरण तयार गर्दै थप सेवा सुविधाहरु समेत थपिदिएका छौँ । यस क्षेत्रमा व्यवसाय गरिरहेका हाम्रा साथीहरुलाई सुरक्षित र बिना झन्झट अगाडि बढ्ने हौसला दिने काम हाम्रो अटोमोबाइल्सले गर्ने गरेको छ । यस जिल्लामा मात्रै नभएर नेपालमा नै आम ग्राहकको बीचमा लोकप्रियता कमाउँदै हाम्रा अटोमोबाइल्स क्षेत्रका साथीहरु अगाडि बढून भन्ने हाम्रो भूमिका रहेको छ ।

    वारिस अटोमोबाइल्सको आगामी योजना के रहेको छ ?
    –सुन्दर भविष्यको अपेक्षामा सबैमा हुने गरेको छ, हाम्रो पनि अपेक्षा त्यही हो । हामीले अहिले टु ह्वीलर्समार्फत आम ग्राहकमाझ पुगेका छौँ भने भविष्यमा फोर ह्वीलर्समार्फत हाम्रा उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने प्रयास हाम्रो हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.