logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ‘सेतो सूर्य’लाई सिंगापुरमा अवार्ड


    १९ मंसिर २०७३ , आइतबार

    ‘सेतो सूर्य’लाई सिंगापुरमा अवार्ड

    seto-surya-trailer

    चलचित्र ‘सेतो सूर्य’ मंसिर २४ अर्थात आउँदो शुक्रबारबाट नेपालमा रिलिज हुँदैछ । चलचित्र ‘हाइवे’ निर्देशन गरेका दीपक रौनियारले यसलाई निर्देशन गरेका हुन् ।
    यो चलचित्रले अहिले विश्वका विभिन्न देशमा आयोजना भैरहेका चलचित्र अवार्डहरु जितिरहेको छ । हालै मात्र, सिंगापुरमा आयोजना भएको फिल्म फेस्टिभलमा यो चलचित्र उत्कृष्ट सावित भएको छ ।

    सिल्भर स्क्रिन अवार्डसँगै चलचित्रले ५० हजार सिंगापुर डलर पनि पुरस्कार जितेको छ । चलचित्रले तत्कालिन द्धन्द्धको कथालाई बालबालिकाको नजरबाट हेर्ने प्रयास गरेको छ । चलचित्रले सिंगापुरमा ‘उत्कृष्ट फिचर फिल्म’ विधा अन्र्तगत अवार्ड जितेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको दोश्रो प्रदर्शन आज सिंगापुर फिल्म महोत्सवमा गरिदैछ ।

    यो चलचित्रमा नायक दयाहाङ राई मुख्य भूमिकामा छन् । उनका साथै चलचित्रमा आशा मगराती, रविन्द्र सिंह बाँनिया, सुमी मल्ल, अमृत परियार लगायतका कलाकारको मुख्य भूमिका छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकको नजरमा परेको यो चलचित्रलाई ‘किम्फ फिल्म फेस्टिभल’मा प्रिमियर गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.