logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पुस १६ मा वृहत सांस्कृतिक कार्यक्रम


    ४ पौस २०७३ , सोमबार

    पुस १६ मा वृहत सांस्कृतिक कार्यक्रम

    लुम्बिनीखबर
    भैरहवा, पुस ४ । भैरहवा क्षेत्रमा रहेका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले अंग्रेजी नयाँ वर्षको अवसर पारेर वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
    logo
    क्लबको अक्षय कोष अभिवृद्धिको लागि गर्न लागिएको सांस्कृतिक कार्यक्रम नेपाली मौलिक  र संस्कृतिको जर्गेना क्लबका अध्यक्ष माधव ढुंगानाले बताएका छन् ।

    विगतका दिनहरुमा सामाजिक क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आइरहेको यस क्लबले पत्रकारहरुको पेशालाई थप मर्यादित र व्यवसायमूलक बनाउनका लागि समाजमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ  ।

    नयाँ वर्षमा गर्न लागिएको सांस्कृतिक कार्यक्रम मार्फत समाजलाई एकताबद्ध र उर्जाशील बनाउन सहयोग पु¥याउने  क्लबका उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक दिपेश पछाईले जानकारी दिए । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा लोक तथा आधुनिक गीत र नृत्यद्वारा दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै सकारात्मक मनोभाव पैदा गराउने क्लबका कार्यसमिति सदस्य माधव न्यौपानेले बताए ।

    पत्रकारिताका साथै सामाजिक क्षेत्रमा क्रियाशील रहेको लुम्बिनी प्रेस क्लबले विगतमा पनि देउसीभैलो मार्फत आफ्नो कला प्रस्तुति गर्दै आइरहेको छ  । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराई अन्र्तक्रिया तथा संचार क्षेत्रमा   स्थानीय विषयहरुलाई प्राथमिकतामा राखी प्रसारण गर्ने गरेको छ ।

    अहिले गर्न लागिएको सांस्कृतिक कार्यक्रमले समेत समाज विकासमा सकारात्मक परिवर्तन गर्ने आयोजकको दाबी रहेको छ ।

    सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारमा लोक गायक पशुपति शर्मा, आधुनिक गायक कालीप्रसाद बास्कोटा, रमेशराज भट्टराई, शशी रावल,  हाँस्यकलाकार पाँडे र जिग्री , शिलु भट्टराई, प्रिया भण्डारी, सञ्य सौगात, रेणु राना मगर,  पवित्रा थापा, ब्लु डाइमण्ड सोसाइटीबाट नृत्य र आधुनिक बिबोइङ डान्स र भोजपुरी नृत्य रहेको आयोजक समिति सदस्य सम्झना शर्माले जानकारी दिएकी  छ्न ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.