लुम्बिनीखबर
भैरहवा, पुस ११ । ८१ औँ भूपी जयन्तीको अवसरमा भैरहवामा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
अन्र्तराष्ट्रिय नेपाली साहित्यिक समाज (अनेसास) लुम्बिनी समितिको आयोजनामा भैरहवाको सहिद स्मृति पुरस्कालयमा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षता, प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ हाइकुकार डि.बी पुनलाई नगद तथा सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा अनेसास पाल्पा समिति अध्यक्ष मन गैह्रे, संस्थाका सल्लाहकार वनमाली निराकार, वरिष्ठ साहित्यकार तथा कथाकार रुद्र ज्ञवाली, राम बहादुर श्रेष्ठ, मदन पौडेल लगायतले मन्तव्य व्यक्त गर्दै अनेसासको सम्मानले स्रष्टाहरुलाई रचना सिर्जना गर्न हौसला मिलेको बताउँदै संस्थाको कार्य अनुकरणीय रहेको बताए ।
सो अवसरमा सीता काफ्ले, सावित्री घिमिरे, खगेन्द्र बस्याल, सरस्वती चौधरी, देवीप्रसाद न्यौपाने, लक्ष्मीप्रसाद अधिकारी, दुर्गा पौडेल, आलोक न्यौपाने लगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
कार्यक्रम राजेश जिज्ञासुको स्वागत मन्तव्य एवं संस्थाकी कोषाध्यक्ष सावित्री घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।