logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    नेपाली भुमिमै आई चेकजाच गर्ने भारतीय एसएसबीका जवान कारबाहिमा


    १५ साउन २०७४ , आइतबार

    नेपाली भुमिमै आई चेकजाच गर्ने भारतीय एसएसबीका जवान कारबाहिमा

    सिडियो सिंहले दिए ठाडो आदेश
    बेलहिया , साउन १५ । गत मंगलबार नेपाल भारत बेलहिया नाकाको दसगजा पारगरी नेपाल तिरै आएर चेकजाच गर्ने २ जना एसएसबीका कर्मचारी कारबाहिमा परेका छन् ।
    नेपाल भारत सीमा क्षेत्र बेलहियामा आज आयोजित एक कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले नो मेन्स लेन्स (दसगजा) भन्दा यतै आएर एसएसबीले किन चेकचाज गरेको ? किन तस्वीर खिच्ने पत्रकारलाई दुव्र्यवहार गरेको भनी सोधेको प्रश्नमा भारतीय एसएसबीका डिआइजी रन्जीत सिंहले जवानहरुले गल्ती गरेको स्वीकार्दै अब उप्रान्त त्यस्तो नहुने बताए । उनले नो मेन्स लेन्स क्रस गर्ने ती प्रहरी कर्मचारीलाई कारबाहि गरिसकेको समेत बताए ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सिंहले सीमामा चेकजाचको नाममा भारतीय सुरक्षा कर्मिले केही अफ्ठयारोहरु सृजना गरेको भन्दै भारतीय सुरक्षा अधिकारीको ध्यानकर्षण गराएका थिए । गतमंगलबार सांझ भारतीय एसएसबीले चेकजाचको नाममा नेपालीमाथी दुव्र्यवहार गरेको भन्ने सुनेर सो खबर संकलन गर्न गएका नेपाली पत्रकारहरुलाई पनि नेपाली भुमिमै आई दुव्यवहार गरेको थिए । एसएसबीका जवानहरु बेलहिया शान्तिद्वार सम्म आई दसगजा क्षेत्रको तस्वीर किन खिचेको भन्दै धम्काएका थिए । भारतीय सुरक्षाकर्मिहरु ड्रेस र हतियार सहित शान्तिद्वार सम्म आउदा भने त्यहिको इप्रका बेलहियाका ड्युटीमा बसेका प्रहरी भने मौन बसेका थिए ।
    भारतकालागी नेपालका राजदुत दिपकुमार उपाध्यय र नेपालकालागी भारतीय राजदुत मन्दिप सिंह पुरीको उपस्थितीमा भएको उक्त कार्यक्रममा नेपाल भारतका सुरक्षा अधिकारीहरु सहभागी थिए ।
    नेपाल भारत मैत्री संघको आयोजनामा भएको उक्त कार्यक्रममा नेपालको तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, रुपन्देही प्रहरी प्रमुख रविन्द्र धानुक, भैरहवा भन्सार प्रमुख भुपलराज शाक्य र भारतको तर्फबाट महाराजगन्जको डिएम विरेन्द्र कुमार सिंह, एसएसबिको डिआइजी रन्जित सिंह, एसएसबी कमान्डेट शिव दयाल, भारतीय प्रहरी एसपी आरपी सिंह लगायत नेपाल भारत मैत्री संघका पदाधिकारी , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवाल, पुर्व केन्द्रिय सदस्य महेन्द्र श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा लगायतको उपस्थिति रहेको नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष सिद्धार्थ अग्रवाल लगायतले सीमा क्षेत्रका समस्याको बारेमा दुबै राजदुतलाई जानकारी गराएका थिए ।
    कार्यक्रममा भारतकालागी नेपाली राजदुत दिप कुमार उपाध्ययले सीमा क्षेत्रको समस्याको बारेमा अध्ययन गर्न आएको बताए । उनले सीमा क्षेत्रका अफ्ठयारा समाधान गर्न आफुहरु दुबै जनाले भूमिका खेल्ने पनि बताए । नेपालका लागी भारतीय राजदुत मन्दिप सिंह पुरीले नेपालसंग भारत सधै सहकार्य गरेर अगाडी बढिरहने प्रतिक्रिया दिए ।

    सीमा क्षेत्रमा एकिकृत चेकजाच जरुरी ः नेपाल भारत राजदुतद्धय
    लुम्बिनीखवर
    भैरहवा, साउन १५ । नेपाल भारत सिमाक्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी –आईसिपी स्थापना गरिने नेपालका लागी भारतिय राजदुत मञ्जित सिंह पुरीले बताउनुभएको छ ।
    शुक्रवार नेपाल भारत सिमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा भैरहवा आउनुभएका राजदुत सिंहले व्यवस्थित भंसार सञ्चालनका लागी एकिकृत जाँच चौकीको स्थापना छिट्टै गर्न लागीएको कार्यक्रममा जानाकारी गराउनुभएको हो ।
    उहाँले रक्सौल र पर्वानीपुरमा जस्तै भैरहवा क्षेत्रमा पनि भारतिय बजार बाट विद्युत आयातका लागी प्रयास जारि रहेको बताउदै नेपालको व्यापार प्रर्वधनमा भारतको सधै सहयोग रहने विचार व्यक्त गर्नुभयो ।
    उद्योगी व्यापारी तथा सिमाक्षेत्रमा रहेका सुरक्षा अधिकारीहरुले उठाएको प्रश्नको जवाफ दिदै राजदुत सिंहले नेपाल, भारत बिचको सम्वन्ध निकै गहिरो रहेकाले दुई देशका व्यापारी तथा कर्मचारी र राजनितिक तहमा अझ सामिप्यता हुन जरुरी रहेको औल्याउनुभयो ।
    कार्यक्रममा भारतका लागी नेपालका राजदुत दिपकुमार उपाध्यायले समेत आपसी समझदारीमा सिमाक्षेत्रमा हुने साना तिना समस्या सहजीकरण गर्न सवैले सहयोग पुराउनु पर्ने बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.