logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पाल्पा बल्ढेङगढी समाजको तिज बिशेस


    २३ साउन २०७४ , सोमबार

    पाल्पा बल्ढेङगढी समाजको तिज बिशेस

    बुटवल,२३ साउन । पाल्पा बल्ढेङगढी समाज रुपन्देहीले साउन २५ गते बुधवार तिज बिशेस कार्यक्रम बुटवलमा गर्ने भएको छ ।
    बुटवलको जितगढी पार्टी प्यालेसमा हुने तिज बिशेस कार्यक्रममा पाल्पा बल्ढेङगढी क्षेत्रमा जन्मभै रुपन्देहीमा बसोवास गर्ने सवैलाई निमन्त्रणा समेत गरिएको छ ।
    कार्यक्रम भव्य र सभ्य बनाउनका लागी समाजकी सचिब लता खड्काको संयोजकमा ३ सदस्य समिति समेत गठन गरेको छ ।
    समितिले समाजमा आवद्ध सदस्यहरु र बल्ढेङगढी क्षेत्रमा रही रुपन्देहीमा बस्नुहुने सवैलाई निमन्त्रणा दिनुका साथै कार्यक्रमलाई सफल पार्नका लागी बिशेस योजना बनाउने समाजका अध्यक्ष डिबि कार्कीले जानाकारी दिनुभयो ।
    कार्यक्रममा जिल्लाको सालझण्डी, रामापुर, मुर्गिया, बुटवल, शंकरनगर, भैरहवा लगाएतका क्षेत्रमा बसोवास गर्ने बल्ढेङगढीवासीलाई सहभागी गराईने समेत समाजकी सदस्य रमा जि.सी.ले बताँउनुभयो ।
    तिज बिशेस कार्यक्रममा कलाकारहरु सपना गाहा मगर, अर्जुन खड्का, मिना खड्का, प्रतिक्षा बि.सी. र समी कार्की लगाएतको तिज गित प्रस्तुती रहने समेत समाजले जानाकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.