
श्यामलाल ज्ञवाली प्रहरी उपरीक्षक, रुपन्देही
पछिल्लो समय रुपन्देही आर्थिक हबको रुपमा विकास हँुदै जाँदा सबैतिर चर्चा चलिरहेको छ । रुपन्देहीले छोटो समयमै विकासको पmड्को मार्दा जसरी सकारात्मक चर्चा भईरहेको छ । त्यसरी नै रुपन्देही तस्करी र लागूऔषध कारोबारका कारण बदनाम पनि छ । तस्करी र कालो बजारी नियन्त्रण लगायत समग्र शान्ति सुरक्षा कायम गराउन रुपन्देहीमा कमाण्ड सम्हालेर आउने प्रहरी प्रमुखको कार्यशैली रुपन्देहीबासीले चासोका साथ नियालिरहेका हुन्छन् । नियमित सरुवा भएर एक महिना अघि रुपन्देही आएका रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले के गर्छन् त भनेर हेरिरहेका रुपन्देहीबासीले चार दिन अघि एउटा सुखद समाचार सुन्न र देख्न पाए । नौ महिना अघि भैहरवाको अति व्यस्त बजार गल्लामण्डीमा सम्साँझै सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कुल प्रसाद न्यौपाने माथि अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएको थियो । संयोगले न्यौपानेलाई गोली लागेन । घटना त्यतिबेला देखि नै प्रहरीले पmरार अभियुक्तलाई पक्राउ गर्न सकेको थिएन । करिब एक वर्ष बित्न लाग्दा समेत अपराधी पक्राउ गर्न प्रहरीले सकेको थिएन भने रुपन्देहीबासीले त्यो घटना बिर्सिसकेका थिए । प्रहरीले गहिरो अनुसन्धान सुरु गरे अपराधी उम्कन सक्दैन भन्ने कुरालाई आत्मसात गर्दै एसपी ज्ञवालीले अनुसन्धान थालेको केही दिनमै न्यौपानेलाई गोली प्रहार गर्ने अभियुक्त पक्राउ परे । ज्ञवाली एसपी भएर आएपछि तस्करी र लागूऔषध नियन्त्रणलाई विशेष प्राथमिकतामा राखी अभियान नै सुरु गरेका छन् ।
२०२५ सालमा प्युठानको बादीकोटमा बुबा नारायण ज्ञवाली र आमा सुमित्रा ज्ञवालीको कोखबाट जन्मिएका ज्ञवाली २०५१ साल चैत देखि प्रहरी निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी सेवाकै क्रममा ज्ञवाली संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति बहालीका निम्ति दुई पटक कोसोभो र पूर्वी टिमोर र एक दर्जन मुलुक पुगिसकेका छन् । उनले सिराहा, प्युठान लगायत सिआईबी र अपराध महाशाखामा रहेर आपmनो क्षमता देखाई सकेका छन् । एक श्रीमती एक छोरा र एक छोरीका पिता ज्ञवाली अहिले रुपन्देही प्रमुखको रुपमा कार्यरत रहेका छन् । समग्र रुपन्देहीको शान्ति सुरक्षा लगायतको विषयमा लुम्बिनीखबरका पत्रकार अरुण ज्ञवालीले गरेको कुराकानीको अंश ः
तस्करी र कालोबजारीको केन्द्रविन्दुको रुपमा परिचित यस जिल्लालाई यहाँको नेतृत्वमा रहेको प्रहरीले कसरी न्यूनीकरण गर्न सक्छ ?
–यो यहाँको मात्र नभएर तराईका अन्य जिल्लामा पनि हुन्छ । खुला सीमाका कारण यस्ता खालका प्रवृत्ति जहाँ पनि हुने गर्छ । यसलाई नियन्त्रण गर्न रुपन्देही प्रहरी दिन रात नभनी लागिपरेको छ । तस्करी र कालो बजार नियन्त्ररण गर्न आम जिल्लाबासीको सहयोग र साथ चाहिन्छ । सबैको साथ र सहयोग भएमा अवश्य विजय प्राप्त गर्न सक्छँौ ।
पछिल्लो समयमा लागूऔषधको मुख्य केन्द्र विन्दुको रुपमा विकसित हुँदै गईरहेको बेलहिया नाकालाई यहाँले कसरी हेर्नु भएको छ ?
–लागूऔषधको अवस्था विकराल छ । पहाडका युवाहरु अहिले भारतको सुनौली बजार गएर सेवन गर्ने र ओसारपसार समेत गरिरहेका छन् । यसलाई हामीले गम्भिर रुपमा हेरेका छाँै । र त्यसका विरुद्ध अभियान पनि सुरु गरिसकेका छाँै । बेलहिया नाका प्रहरीको विशेष दस्ता परिचालन गरेर लागूऔषध विरुद्ध अभियान सुरु गरेका छौँ । अहिले दुई हप्ता भित्र सुनौली जाने युवाहरुको संख्यामा कमी आएको छ । पहिला दिनहँु २०, २५ जना युवा सुनौली पुग्ने गरेकोमा अहिले ७, ८ जना मात्र भेटिएका छन् ।
सीमा नाका बेलहियामा भेटिएका युवालाई प्रहरी दस्ताले जिल्ला प्रहरी कार्यालयमा ल्याएर अभिभावकसँगै राखी लागूऔषध विरुद्धका बारेका प्रशिक्षण समेत दिने गरेका छाँै । लागूऔषध कारोबारीको जालो तोड्न पनि गम्भिरतापूर्वक लागेका छौ । अर्काेतपर्m भारतीय बजारमा ती नेपालमा प्रतिबन्धित लागूऔषध खुलेआम विक्री वितरण हुनाले पनि समस्या श्रृजना भएको हो । यसका बारेमा हामीले भारतीय सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढेका छौँ । भैरहवाका सामाजिक संघ संस्थासँग पनि सहकार्य गरेर अघि बढेका छौँ । यसका बिरुद्ध सबैको सहयोग पाएमा अवश्य नियन्त्रण गर्न सफल हुनेछाँै ।
खुला सीमाका कारण सीमापार अपराध विरुद्ध यहाँको योजना के छ ?
–सीमापार अपराध एवम् आर्थिक अपराध बेला बेलामा हुने गरेका छन् । भारतमा अपराध गरेर नेपालमा लुक्ने र नेपालमा अपराध गरी भारतमा लुक्ने गर्दछन् । यी सबै अपराध र अवाञ्छित गतिविधि रोक्न प्रहरी परिचालन नै हो । भारतीय प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्दै छाँै । नागरिकले सूचना प्रदान गरेमा जस्तो सुकै अपराध रोक्न प्रहरी सक्षम छ । यसमा हामी गम्भिर छौँ ।
प्रहरी संगठन मिडिया मैत्री नभएको यहाँहरुलाई आरोप लाग्ने गरेको छ , किन होला ?
–हामी मिडिया मैत्री नै छौ । सञ्चारकर्मीको हामीलाई ठूलो सहयोग छ । हामीले पाएका सबै सूचना र जानकारी सबै सञ्चारकर्मीलाई उपलब्ध गराएका छौँ । मिडियाका साथीहरुका लागि हामी सधै खुला छाँै ।
प्रहरी संगठन हुने खाने ठूलाबडाहरुको लागि मात्र हो भन्ने जनगुनासो सुन्ने गरिन्छ नि ?
–यो भनाई पुरानो भएको छ । प्रहरी सबैका लागि हो । ठुलो सानो भन्ने हुँदैन । समस्या लिएर आउने जो कोहीका लागि पनि प्रहरीको ढोका २४ सै घण्टा खुला छ ।
राजनैतिक संरक्षणमा हुने अपराध नियन्त्रणमा यहाँलाई कत्तिको समस्या पर्ने गरेको छ ?
–मैले रुपन्देहीमा अपराधमा राजनैतिक संरक्षण हुने गरेको देखेको छैन । अपराधीलाई कानुनको दायरामा ल्याउनकै लागि प्रहरीको स्थापना भएको हो । अपराधीलाई संरक्षण गर्नु भनेको राजनैतिक दललाई पनि समस्या हो । अपराधीलाई हामी कसैको दबाबमा छाड्दैनाँै । सबै ठाउँबाट सहयोग पाएको छु, दबाब आएको छैन ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ६ लेनको सडक एकातिर बनिरहेको छ भने अर्काै तिर ओभर लोडका कारण भत्किएको छ । कानुनतः २५ टन भन्दा माथि ओभरलोड बोक्न नपाईने व्यवस्था हुँदाहँुदै प्रहरीले यसलाई किन नियन्त्रण गर्न सकेको छैन ?
–यो महत्वपूर्ण सरोकारको विषय उठाउनु भयो । ६ लेन सडकको अवस्थाको बारेमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले स्थलगत अध्यन र अन्तरक्रियामा सडक भत्किएको विषय पनि उठेको थियो । ओभर लोडका विषयमा समस्या छन्, तिनलाई सबैको सहकार्यमा हल गर्दै लैजानुपर्छ । अर्काेतर्फ भैरहवा भन्सार कार्यालयको बिन्दुबाट ओभर लोड आउने गरेकाले यो दायित्व भन्सार कार्यालयको पनि हो ।
प्रहरी संगठनलाई भ्रष्टाचार मुक्त बनाउन यहाँले कस्ता रणनीतिक योजना बनाउनुभएको छ ?
– भ्रष्टाचार भनेर व्यापक रुपमा त भएको छैन । खुला सीमाका कारण तस्करीबाट केहीले गरेका होलान्, त्यसलाई रोक्न मैले मातहतका प्रहरी अधिकृतलाई कडा निर्देशन दिएको छु । कसैले गलत गरेको पाईएमा उसलाई अवश्य कारबाही गर्छाैँ । कसैले यस्तो गरेको छ भने हामिलाई सुचना दिनुस्, त्यस्ता प्रहरीलाई सरुवा वा अन्य कारबाही गर्छाैँ । प्रहरी भ्रष्टाचारमुक्त शून्य शहनशीलताका लागि प्रतिबद्ध छ ।
चाडपर्व नजिकिँदै छ, जिल्ला पहरी कार्यालयले कस्तो सुरक्षा रणनीति अघि सार्दैछ ?
– हामी आउँदै गरेको चाडपर्वप्रति संवेदनशील छाँै । भरपर्दाे सुरक्षा अपनाउन विशेष रुपमा प्रहरी परिचालन गरेका छाँै । घर जाने यात्रुहरुका लागि सहज यात्रा गर्न सीमा नाका बेलहिया, भैरहवा बस पार्क र बुटवल बस पार्कमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ । त्यहाँबाट नागरिकलाई परेको समस्या समाधान गर्न प्रहरी तयार छ । साथै बजार अनुगमानका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अनुगमन गरिरहेका छाँै । दशै तिहारमा अवाञ्छित गतिविधि, लुटपाट, ठगीलाई नियन्त्रण गर्न विशेष दस्ता परिचालित गरेका छौँ ।
अन्त्यमा लुम्बिनीखबर मापर्mत केही भन्नु छ कि ?
–सर्वप्रथम त तपाईँको लोकप्रिय पत्रिका लुम्बिनीखबरलाई धन्यवाद । मेरा भनाईहरु राख्ने अवसर दिनुभएकोमा । प्रहरी यहाँहरुकै सेवक हो । प्रहरीलाई सेवा गर्ने मौका दिनुहोस् । चाडपर्वमा हुने अवाञ्छित गतिविधि विरुद्ध सूचना दिएर सहयोग गरिदिनुस् । विजयादशमी, दिपावली, नेपाल संवत र छठ पर्वको सबैमा शुभकामना ।