logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    अचार बेचेर ६० लाख आम्दानी


    २७ बैशाख २०७५ , बिहिबार

    अचार बेचेर ६० लाख आम्दानी

    नरेश के.सी.
    भैरहवा, वैशाख २८ । ६९ वर्षिय बसन्ती खत्रीले आफैले बनाएको अचार बेचेर वर्षको कम्तीमा ६० लाख आम्दानी गरिरहेकी छन् । शिवनगर बुटवलको आफ्नै घरमा सञ्चालन गरेको बसन्ती अचार उद्योग मार्फत उक्त आम्दानी गर्न सफल भएकी हुन् ।


    बसन्तीको अचार किन्न ग्राहकहरु उनकै घरमा आउने गर्दछन् । विगत ३१ वर्ष देखि अचार बनाउने काम शुरु गरेकी उनले आप, अकबरे खुर्सानी, लसून, लप्सी, सिन्की, मूला, कागती, करेला, मेथी लगायत २४ प्रकारको अचार बनाउने गरेकी छन् ।

    तीन दशक अगाडि शिवनगर सुकुम्बासी बस्ती थियो । उक्त बस्तीमा ५० रुपैयाँ लगानी गरेर शुरुमा आँपको अचार बनाएर सालको पातमा २ रुपैयाँको दरले बेचेको बताउने खत्रीले २०५३ सालदेखि औपचारिक रूपमा उद्योग खोलेकी हुन् । अहिले उनको अचारको माग पोखरामा सबैभन्दा धेरै हुने गरेको छ । पोखरामा मात्रै मासीक ४०, ४२ क्विन्टल पठाउने गरेकी छन् । पोखराका अतिरीक्त रुपन्देही, नारयणगढ, काठमाडौं सबै ठाउँमा गरेर वर्षको ७० क्विन्टल सम्म उनको अचार विक्री हुने गरेको छ । उनको उद्योगबाट उत्पादित अकबरे खुर्सानीको अचार मात्रै वर्षको करिब १४ लाख मूल्य बराबरको बिक्री हुने गर्दछ । उक्त अचार ४ सय रुपैयाँ प्रति केजी बिक्री हुने गर्दछ ।

    २८ जना महिलालाई प्रत्यक्ष रोजगारी दिएकी उनले हरेक वर्षको हिउँदमा अचारको माग बढ्ने गरेको बताईन् । उनले भनिन् ‘मंसिर पुस माघ महिनामा त यति धेरै माग हुन्छ की , हामीले पुराउनै सक्दैनौं । ’

     

    पावरवाला चश्मा लगाएर आफ्नै उद्योगमा लसूनका पोटी केलाउँदै गरेकी खत्री हात र आँखाले साथ दिए सम्म यो पेशा गरिरहने बताईन् । उनले भनिन् ‘छोराछोरीले त अब नगर्नु भन्छन् तर मलाई काम नगरेसम्म निद्रै लाग्दैन । ’

    कुनै पनि केमीकल नहाली घरेलु प्रविधिबाट उत्पालित बसन्ती अचार उद्योगका उत्पादन पछिल्लो समय नेपालकै राम्रो अचार मानिने गर्दछ ।

    पश्चिम नेपालका विभिन्न शहरमा आयोजना हुने साना ठूला सबै कृर्षी, उद्योग तथा व्यापार मेला महोत्सवमा उनको अचारको स्टल राख्न आयोजकको अनुरोधको लाईन नै हुने गर्दछ । सीमावर्ती भारतीय बजार सुनौली, नौतनवामा पाईने अचार तुलानात्मक रुपमा महँगो तथा केमीकल हालेको हुने हुँदा नेपालीले मात्रै नभई भारतीयहरुले समेत बसन्ती अचार खोजी खोजी खरिद गर्ने गरेका छन् ।

    महिलाहरु गृहणीको रुपमा मात्रै काम गरेर बसीरहने वा पैसा कमाउने सपना बोकी विदेश धाउने संस्कारलाइ परिवर्तन गरी घरमै टोल छिमेकका दीदि बहिनी मिलेर सानो लगानीमा गर्न सकिने अचार उद्योग, सस उद्योग, गुडीया उद्योग, माला उद्योग खोल्न सकेमा महिलाहरु आत्मनिर्भर बन्न सक्ने थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.