logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सांगीतिक क्रान्तिमा अघि बढदै नव क्रान्ति


    २४ जेष्ठ २०७५ , बिहिबार

    सांगीतिक क्रान्तिमा अघि बढदै नव क्रान्ति

    लुम्बिनीखबर
    भैरहवा २३ जेठ । संगीत क्षेत्रलाई अगाडि बढाउने लक्ष्यका साथ अघि बढेको भैरहवाको नव क्रान्ति ब्याण्ड छोटो समयमै सबैको मन जित्न सफल भएको छ ।

    राजधानी काठमाण्डौ बाहिर सांगीतिक क्षेत्रलाई अगाडि बढाउन निकै चुनौती भए पनि उक्त बैण्ड भने आफ्नो यात्रालाई अगाडि बढाइरहेको छ ।

    सात बर्ष अघि स्थापना भएको उक्त ब्याण्डमा चार जना सदस्य रहेका छन् । उक्त समूहमा आयुष्मान सिंह ठकुरी, मनिष गोदार, अन्जन जोशी र भिष्म राना मगर सदस्य रहेका छन् । उक्त समूहले आफ्नो पहिलो सांगीतिक एल्बम २०१३ मा बजारमा ल्याएको थियो । निरन्तर सांगीतिक यात्रामा रहेको उक्त ब्याण्डले हालसम्म धेरै अवार्ड हात पार्न पनि सफल भएको छ ।

    नब क्रान्ति ब्याण्डले २०१४ गायक समुह तर्फ ईमेज एवार्ड, सोही वर्ष नै पप समूह तर्फ कालिका एफएमको कालिका एवार्ड, हिट्स एफएम अवार्ड, नेपाली चलचित्र मोक्षका लागि संगीत संयोजनका लागि सातौँ नेफ्टा अवार्ड जित्न सफल भएको छ । काठमाण्डौ बाहिर रहेर संगीत क्षेत्रलाई अगाडि बढाउन धेरै चुनौती भए पनि आफ्नो समूहले यात्रालाई निरन्तरता दिइरहेको समूहका सदस्य आयुष्मान सिंह ठकुरीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.