logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपालकी श्रृंखला टप २० मा


    १६ मंसिर २०७५ , आइतबार

    मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपालकी श्रृंखला टप २० मा

    चीनमा हाल जारी मिस वर्ल्ड प्रतियोगिताको हेड टु हेड च्यालेन्ज प्रतियोगितामा नेपाकी श्रृंखला खतिवडा टप २० मा परेकी छन् । उनी समूह विजेता हुँदै टप २० मा परेकी हुन्। उनले सोका लागि भोटिङमार्फत प्राप्त मतका आधारमा आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पन्छाइन्।

    २० समूहबाट बाँडेर हरेक समूहबाट एक(एक जना छानिएको हो । यस छनौटमा परेका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

    यसैगरी श्रृंखला मल्टिमिडिया अवार्डतर्फ पनि बलियो दाबेदारका रूपमा रहिरहेकी छिन् । मल्टिमिडिया अवार्डको लागि डिसेम्बर ८ सम्म भोटिङ खुल्ला छ । यसमा विजयी भएमा फाइनलमा प्रवेश गर्छिन्।

    यसका लागि श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ भने मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।

    मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा पनि श्रृंखलाको अवस्था बलियो छ ।setopati bata

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.