logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक


    २४ मंसिर २०७५ , सोमबार

    लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक

    लुम्बिनीखबर
    भैरहवा, २४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आयोजना भएको सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक शुरु भएको छ ।

    कुस्ती प्रतियोगिताको मेला आयोजक मूल समिति संयोजक कुल प्रसाद न्यौपानेले उद्घाटन गर्नु भएको थियो । ‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नारासहित सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको यो महोत्सवमा आयोजकले कुस्ती ४ दिन सम्म गराउने छ । पहिलो दिनको कुस्ती खेल छनोट चरण नभएको जानकारी मेलाका प्रचार प्रसार समिती संयोज १बिन्द १वालीले दिनु भएको थियो । सोमबार देखी छनोट चरण हुनेछ र प्रतियोगिता ३ दिन सम्म चल्ने छ । कुस्ती प्रतियोगिताको संयोजन गंगासागर अग्रहरीले गर्नु भएको छ । प्रतियोगितामा ३० भारतिय पहेलवान र १० नेपाली पहेलवानको सहभागिता रहेको छ भने ४ भारतिय महिलाको पनि सहभागिता रहेको छ । कुस्ती प्रतियोगितामा भाग लिन भारतको दिल्ली देखी हरियाणा सम्मको पहेलवान भैरहवा आएका छन् । चार दिन सम्म चल्ने कुस्तीमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २१ हजार र तेस्रो हुनेलाई ११ हजार नगद राशी पुरस्कार दिने जानकारी कुस्ती संयोजक गंगा सागर अग्रहरी दिनु भएको थियो ।
    आइतबार भैरहवा मेलामा कुस्ती खेलको उद्धघाटन हुने बित्तिकै कुस्ती हेर्ने दर्शको भिड बाक्लो भएको थियो । पछिल्लो समय तराईका जिल्ला अझ रुपन्देहीका मेला महोत्सवमा कुस्ती खेल धेरै लोकप्रिय भएको छ । भैरहवा मेला भन्दा अघि ओमसतिया गाउपालिका , लिलोत्तमा नगरपालिका र रोहिणी गाउपालिकामा आयोजना भएको मेलामा पनि कुस्ती प्रतियोगिता आयोजना भएको थियो । यसरी रुपन्देहीमा कुस्ती खेलको लोकप्रियता बढे सगै रुपन्देहीका हरेक मेला महोत्सवमा कुस्ती आयोजना हुने गरेको छ ।
    मेलामा कुस्ती आयोजना हुदै गर्दा पंजाब देखी भैरहवा कुस्ती लड्न आएका अलि पहेलवानले आफ्नो शरिरले ट्याक्टर रोकेर र आङ्खनो शरिर माथी ट्याक्टर चढाएर कौशलता देखाएका थिए । उनको त्यो कौशलता देखेर दर्शक दिर्घानै आश्चर्य चकित हुन पुगेको थियो ।
    भैरहवामा आयोजना भएको मेलामा कुस्ती खेलले अधिकांश दर्शक तानिने अनुमान आयोजकको रहेको छ । आइतबार भएको पहिलो दिनको खेलमा भारत गाजिपुर बाट आएका मोनु पहेलवान, नेपाल पिपरहवाका ईन्द्रकेश पहेलवान, भारत गाजिपुरकै रामआशिस
    पहेलवान र भारत गोरखपुरका सन्तोष पहेलवानले बिजय प्राप्त गरेका थिए । सोमबार देखि हुने छनोट चरणको खेल अझ रोमान्चक हुने आयोजकले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.