logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सिनेमा‘क्याप्टेन’को पहिलो गीतमा रोमान्टिक अनमोल र उपासना


    २८ मंसिर २०७५ , शुक्रबार

    सिनेमा‘क्याप्टेन’को पहिलो गीतमा रोमान्टिक अनमोल र उपासना

    लोकान्तर संवाददाता
    मंसिर
    चलचित्र ‘क्याप्टेन’को पहिलो गीत बिहीबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।
    चलचित्रका मुख्य कलाकार अनमोल केसी र उपासना सिंह ठकुरी फिचर्ड ‘रहर छ संगै।’

    बोलको गीत सार्वजनिक गरिएको हो ।
    दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन । प्रेमको भाव बोल्ने गीतको लोकेशन उत्कृष्ट लाग्छ ।


    फुटबलको कथालाई उठान गरिएको चलचित्रलाई भुवन केसीले निर्माण तथा दीवाकर भट्टराईले निर्देशन गरेका हुन ।
    चलचित्रमा अनमोल, उपासनासंगै सुनिल थापा, प्रशान्त ताम्राकार, प्रियंका एमभी, सरोज खनाल, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । नायिकाद्धय उपासना र प्रियंकाको यो डेब्यू चलचित्र हो ।
    फागुन १७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, सुदिप बरालको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.