logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    समाज सेवा गर्नु नै मेरो जीवनको लक्ष्य हो


    २६ फाल्गुन २०७५ , आइतबार

    समाज सेवा गर्नु नै  मेरो जीवनको लक्ष्य  हो


    बुटवल उपमहानगरपालिका वार्ड नं. ६ मा जन्मिएकी करुणा आचार्य हाल स्नातक तह सम्मको शिक्षा हासिल गरेकी छन । उनको विचारमा समाज सेवा गर्नु नै मेरो जीवनको लक्ष्य हो भन्ने उद्देश्यले किड्स फ्लाइट रुपन्देहीमा विगतका वर्षबाट अध्यक्ष पदमा काम गर्दै आइरहेकी छन् । उनले अनाथ , गरिव तथा शिक्षा र स्वास्थ्यबाट बन्चित बालबालिकाहरुको उद्दार गर्न पाउनु मेरो अहो भाग्य हो भन्ने धाराणा बोकेकी करुणा आचार्य र लुम्बिनीखबर पत्रिकाका व्यवस्थापक सावित्री घिमिरे सँगको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
    १ . नमस्कार करुणा जी सन्चै हुनहुन्छ ?
    उत्तर हजुर नमस्कार म सन्चै छु । तर हाम्रो समाज धेरै बिरामी छ ।
    २.तपाईको दिनचर्याहरु कसरी बितिरहेका छन् ?
    उत्तर– विभिन्न विद्यालय , समाजमा गएर बालबालिकाको अवस्था बुझ्छु । उनिहरुसँग प्रत्यक्ष भेटघाट गर्छु ,उनिहरुको आवश्यकता बारे खोजीनिती गर्छु र सो आवश्यकता पुरा गर्नको लागी आवश्यक संस्था र व्यक्तिको खोजी गछु ।
    ३. तपाईको संस्थाको पृष्टभूमि बारे प्रष्ट पारीदिनुस न ?
    उत्तर– हाम्रो संस्था पष्मक ाष्निजत विशुद्ध गैरसरकारी र गैरनाफामूलक संस्था हो । विभिन्न कारणले समाजमा पछि परेका पाछाडी पारिएकाहरुलाई अवसरको सृजना गर्नु नै हाम्रो मूल उद्दश्य हो । बालबालिकालाई आवश्यक शिक्षा स्वास्थ्य , मनोरन्जन लगाएतका कुराहरुमा हामी विशेष ध्यान दिन्छौ । आजका बालबालिकाहरुको काँधमा नै देश रहने हुदाँ उनिहरुको उन्नतीले मात्र देश विकास हुन्छ । अतः बालबालिकालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु गर्ने गर्छौ । यो संस्था यही २०७५ भाद्र महिनामा जिल्ला प्रशासन कार्यालय लुम्बिनीमा स्थापना भएको हो । यस कार्यलय हामीले बुटवल वडा नं. ६ मा राखेका छौ
    ४. सामाज सेवा गर्नुपर्छ भन्ने प्रेरणा को बाट कसरी प्राप्त गर्नु भो ?

    उत्तर– सुकरातले भने, झै “ मानिस समाजिक प्राणी ” हो । समाज विनाको संसार हामी कल्पना पनि गर्न सक्दैनौ । सामाज विपन्न वर्ग , ज्ञान ,जात ,धर्मका मानिस हुन्छन् । हाम्रो समाजमा आज नैतिक युगमा पनि धेरै विभेद छ । समाजमा पिछडिएका र विकासमा पछाडी पारिएका बालबालिका भोलि यो देशमा कसरी सुरक्षित र खुसी हुन सक्दछन भेन्ने नै मेरो चिन्ताको विषय हो ।
    सर्वे भवन्तु सुखिन ः सर्वे सन्तु निरामया ः
    सर्वे भद्राणी पश्यन्तु माकस्चित् दुःख भाग भवेत ।

    ैनै हाम्रो संस्थाको मूल उद्देश्य हो । मैले जंगलको मौरीबाट , भानुभक्तको घाँसीबाट अनि आफ्नो परिवार र समाजमा रहेका सुधारकहरुबाट प्रेरणा पाएकी हुँ ।
    ५. तपाईको संस्थाका लक्षित वर्गहरु के के हुन ?
    उत्तर – हाम्रो देशमा भौगोलिक , सांस्कृतिक र भाषिक विविधता रहेको छ । तर हामी भूगोलको विकटताले गर्दा विकासमा धेरै पछि छौ । संसार हामी भन्दा निकै अगाडी गइरहेको छ । यस अवस्थामा हाम्रो संस्थाको पहिलो प्राथमिकता ग्रामिणभेगका बालबालिका छन । शहरी क्षेत्रमा पनि मजदुर वर्ग , सुकुम्बासी बस्तीका बालबालिका शिक्षा स्वास्थ्यको क्षेत्रमा निकै कमजोर अवस्थामा रहेका छन् ।
    हाम्रो संस्था “ कोही पनि नछुटुन , कोही पनि पछाडी नपरुन ” भन्ने कुरालाई आत्मसाथ गर्दै अगाडी बढीरहेको छ ।
    ६. आज सम्म कहाँ र कस्ता खालका कार्यक्रम गर्नु भयो ?
    उत्तर – कार्यक्रम ः मधलिया मा.वि.रुपन्देही ४०० र तिलोत्तमा मा.वि.बुटवल बाल स्वास्थ्य ५५० विद्यार्थी निः शुल्क स्वास्थ्य परिक्षण र नि ःशुल्क औषधी वितरण गरिएको त्यसै गरी मर्यादपुर मा.वि. मर्चवार रुपन्देहीमा ८०० विद्यार्थीको निः श्ुाुल्क आँखा परिक्षण तथा औषधी वितरण र आवश्यक चस्मा वितरण गरी नगरपालिका र गाउँपालिकामा सुधारात्मक प्रक्रिया अगाडी बढाइएको छ ।
    ७. ती स्थानमा पुग्दा सामाजको तपाईहरु प्रतिको दृष्टिकोण कस्तो पाउनु भयो ?
    उत्तर– “ हामी सबै नेपाली ; हामी सबैको नेपाल ” भन्ने विचारलाई बोकेर हामी रुपन्देहीको प्रत्येक वडामा पुग्ने लक्ष्य सहित हिडेका छौ ।
    हामी जहाँजाँदा पनि त्यहाँका स्थानीय जनता , समाजसेवी र व्यवसायीहरुबाट न्यानो माया सहयोग प्राप्त गरेका छौ । समाज परिवर्तनको उद्देश्य लिएर हिडेका हामीलाई सवैको साथ प्राप्त भएको छ ।
    ८. कार्यक्रम गर्दा लाग्ने खर्चको व्यवस्थापन के कसरी गर्नु भएको छ ?
    उत्तर– निस्वार्थ भावले गरीने सेवा नै सच्चा सेवा हो । म बाल्यकालदेखि नै दिन दुखी असायको सेवामा समर्पित छु । महाकवि देवकोटाले भनेझै “ जाउ समाउ आर्तहरुको चह¥याई रहेको घाउ ” भन्ने शब्दवलीले मलाई समाज सेवाको लागि प्रेरणा दिइएको छ । बाहिरबाट यदाकदा केही सहयोग भए पनि यस संस्थाबाट सञ्चालित हरेक कार्यक्रमहरु म र संस्थाका साथीहरुबाट नै सञ्चालित छन् ।
    ९. भावि योजनाहरु के कस्ता छन त ?
    उत्तर –रुपन्देहीका १६ वटा स्थानीय तह सम्म स्थानीय सरकारसँग सहकार्य गरी कुपोषण मुक्त र निक्षर हटाउन सक्दो सहयोग गर्ने, सबै विद्यालय र वडामा बालमैत्री सौचालयाको निर्माण गर्ने र बातावरणको संरक्षणमा बालबालिकाको वृहत सहभागिता गराउने लक्ष्य रहेको छ ।
    १०. महान कार्यका लागि शुभकामना छ , अन्त्यमा लुम्बिनीखबर मार्फत आफ्ना विचार राखिदिनुहुन्छ कि ?
    उत्तर – परिवर्तन अवश्यंभावि छ । तर परिवर्तनको गति हाम्रो समाजमा अलिढीलो भए जस्तो मलाई लाग्छ । युग सुहाउदो शिक्षा र स्वास्थ्यमा सवैको पहुँच पु¥याउन सके मेरो सपना पुरा भएको मान्ने छु । थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझै समाज सुधार र परिवर्तनको यात्रामा सबैको सहयोगको अपेक्षा राखेकी छु । यस पत्रिका मार्फत आफ्ना कुराहरु राख्ने मौका दिनु भएकोमा लुम्बिनीखबर प्रति आभार व्यक्त गर्दछु । मेरो एकल प्रयास बाट मात्र यो समाज सुधार र परिवर्तनको माहान यज्ञ सम्पन्न हुनसक्दैन् त्यसैले आउनुहोस हामी सबै हातेमालो गरेर महान यज्ञलाई सफल बनाउ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.