logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    आर्थिक बिकासमा कृषि र युवा–जनशक्तिको आवश्यक


    १५ मंसिर २०७६ , आइतबार

    आर्थिक बिकासमा कृषि र युवा–जनशक्तिको आवश्यक

    लुम्बिनीखबर

    नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर रुपन्देही प्रदेश नंं. ५ भैरहवा स्थित पिस नाइट रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस सिद्धार्थनगर ८ का सञ्चालक मधुसुदन न्यौपाने (निशान)सँग लुम्बिनखबर पत्रिकाले गरेको कुराकानी

     

    १. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भुमिका खेलको छ ?

    उत्तर ः हामो देशको अर्थतन्त्रको बिकासमा कृषि र युवा जनशक्ति अतिनै आवश्यक तत्व भित्र पर्दछन् । हाम्रो व्यवसायले यी दुबै क्षेत्रलाई समेटेको छ । कृषकबाट कृषिजन्य वस्तुको खरिद गरेर त्यस खाद्य पदार्थलाई ग्राहकसम्म पु¥याउन हामीले विशेष युवाहरुलाई प्राथमिकता दिएका छौ । विदेश जाने युवा जनशक्तिलाई नेपालमै दक्ष बनाउने र कृषि क्षेत्रलाई सहयोग पु¥याउने हाम्रो कोसिस जारी छ । हाम्रो व्यवसाय रेष्टुरेण्ट र पार्टी प्यालेस भएकोले यसले देशको राजस्व संकलनमा ठूलो सहयोग गरेको छ ।

    २. यहाँले सञ्चालन गरेको व्यसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?

    उत्तर ः आजको दिनसम्म हाम्रो व्यवसायको अवस्था राम्रै छ । अब भैरहवामा पनि गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल बनी सकेपछि भने हाम्रो व्यवसायको माग बढ्दो क्रममा हुनेछ, यसै कुरालाई विशेष ध्यानमा राखेर हामीले हाम्रा सेवाहरु अघि बढाउने प्रक्रियामा छौ । पर्यटन क्षेत्र र हस्पिटालिटी, इनडष्ट्रिज भैरहवाको स्थानीय क्षेत्रमा पनि अझै बढ्ने देखेको हुनाले भविष्यमा पनि हाम्रो व्यवसायले एउटा अझै नयाँ ढाँचाले काम गर्दै अझ माथिल्लो स्तरमा पुग्नेछ भन्ने आशा लिएका छौ । अहिले स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले २० देखि २२ जनालाई रोजगारी दिइसकेको छ, जुन अझ बढ्ने हाम्रो अपेक्षा रहेको छ ।

    ३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?

    उत्तर ः पिस नाइट रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस सबै ग्राहकहरुको माझ लोकप्रिय बनेको छ । यही नै हाम्रो सफलता हो । हाम्रो व्यवसायले अझ आफ्ना सेवाहरु थप गराउने क्रममा रहेको छ । सबै खालका ग्राहकहरु (सानो देखि ठूला सम्मलाई) ध्यानमा राखेर सेवादिदै आईरहेको र अब पनि आउने समयमा दुई ओटा नयाँ हल संचालनमा ल्याउने तयारीमा छौ ।। लाइभ म्यूजिक गराउने र पर्यटकीय मनोरन्जन दिने तयारीमा पिसनाइट रहेको छ । यसका साथसाथै सुपत मूल्यमा आरामदायी कक्षहरु पनि संचालनमा ल्याउने तयारी रहेको छ । आउने दिनमा ओपन स्काई रेष्टुरेण्टको प्लानिङ्ग (खुल्ला आकाश मुनीको रेष्टुरेण्ट) मा छौ ।

    ४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?

    उत्तर ः हाम्रो व्यवसाय संचालन हुदै गर्दा सानातिना कठिनाइ आउनु त स्वभाविकै हो तर व्यवसाय संचालन गर्दा सहयोगी साथीहरुको साथमा सहकार्य गरेर काम गरेको हुनाले कठिनाई भएको महसुस गरिएको छैन् । रेष्टुरेण्ट व्यवसायमा उधारो हुँदै गएको र समयमै रकम भुक्तानी नहुँदा व्यवसायलाई तिब्रगतिमा संचालन गर्न केही कठिनाइ अबश्य सृजना हुने गरेको छ । यस्ता अवस्थाहरुलाई एक आपसमा सहजीकरण गर्दै समस्या न्यूनीकरण गर्ने क्रममा हामी लागि रहेका छौ ।

    ५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?

    उत्तर रेष्टुरेण्ट तथा पार्टी प्यालेस संचालन गर्नुको मुख्य उद्देश्य सुपथ मुल्यमा हाम्रा ग्राहक वर्गहरुलाई सेवा प्रदान गर्नु नै हो । यसका साथसाथै देशका अझै विशेष स्थानीय युवा जनशक्तिलाई रोजगार दिनुका साथै देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्य नै हो । म आफै पनि होटल व्यवस्थापन र पर्यटन व्यवस्थापनमा स्नातक तह हासिल गरेका कारण यो व्यवसाय सुरु गरेको हुँ । आजसम्म सम्पूर्ण सोच र कडा मिहिनेतले गर्दा अपेक्षा पुरा हुँदै आएका छन र आगामी दिनमा पनि सबैको साथ र हौसलाले हामीलाई अगाडि बढ्न सहयोग पुराउने आशा रहेको छ ।
    ६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?

    उत्तर ः सायद यस प्रश्नको जबाफ मैले माथि नै दिइसकेको छु जस्तो लाग्छ विशेष गरी मेरो आफ्नै लगाब र आफ्नै देशमा नै केही गर्नुपर्छ र अरु म जस्ता युवा जनशक्तिहरुलाई पनि देशमै रोजगारी सृजना गर्ने उद्देश्यदले मैले र हाम्रो टिमले यो व्यवसाय नै रोजेका हौँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.