logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    आँखाका बिरामीहरुलाई मलम पट्टी लगाउनु हाम्रो काम


    २२ मंसिर २०७६ , आइतबार

    आँखाका बिरामीहरुलाई मलम पट्टी लगाउनु हाम्रो काम

    बरिष्ठ अधिवक्ता कमलराज जोशी नेपाल नेत्रज्योति सँघ रुपन्देहीको सभापति पदमा सर्वसम्मतबाट निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँले आगामी दिनमा नेपाल नेत्रज्योति संघ तथा रण अम्बिका शाह आँखा अस्पतालको बिकासको लागि के कस्ता योजनाहरु लिएर आउनु भएको छ ? अबको रणनीतिहरु के के हुन सक्छन् ? भन्ने विषयलाई मध्यनजर गर्दै अधिवक्ता जोशीसँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी ः

    १ . यहाँ नेपाल नेत्रज्योति संघ रुपन्देही शाखाको सभापति हुँदै गर्दा कस्ता योजनाहरु लिएर आउनु भएको छ ?

    हामीले यस अन्तर्गतका अस्पतालहरुको अरु थप बिकास गर्ने र त्यसक्रममा हाम्रो सेवा सहरमुखी मात्र नभएर गाउँगाउँमा हामीले प्राथमिक उपचार केन्द्रलाई थप बलियो बनाउदै नयाँ – नयाँ उपचार केन्द्रको स्थापना गर्ने र अस्पतालमा नयाँ प्रविधिलाई भित्र्याउने प्रयास गर्ने, विशेष गरी पहाडतिरको क्षेत्रमा पर्ने जस्तै पाल्पा गुल्मी, अर्घाखाँचीलाई अझै बलियो उपचारको व्यवस्थापन गर्ने हाम्रो योजना छ । हामीले गर्ने नयाँ कार्य भनेको आखाँको उपचार नपाएर छटपटाई रहेका आखाँका बिरामीहरुलाई मलम पट्टि लागाउन उनिहरुको बस्ती सम्म पुग्नु हो । हाम्रो सहकार्यमा कुनै पनि नेपालीहरुले आखाँको उपचार नपाएर अन्धो बन्न नपरोस भन्ने अभियान हो ।

    २ . नेपाल नेत्रज्योति संघ रुपन्देहीले कस्ता कस्ता कामहरु गर्ने गरेको छ ?

    नेपाल नेत्रज्योतिसंघ रुपन्देहीले आँखा सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्दछ । अहिले हामी कानको उपचारको लागि पनि व्यवस्थापन गर्ने पक्षमा छौँ । समग्रमा भन्दा आखाँको उपचारलाई आधुनिकतामा टेकेर जनमानसमा पुग्नु हाम्रो कामहरु हुनु गरेका छन् ।

    ३. आम नागरिकलाई यहाँको संस्थाले दिने सेवासुविधाहरु के – के हुन् ?

    हामीले सकभर कसैले पनि आँखाको उपचार विना बाच्न नपरोस भन्ने उद्देश्यका साथ काम गरेका छौँ । यसमा कतिपय गरिब असहाय मानिसहरुको पनि आँखा सम्बन्धी कुनै समस्या छ भने पनि हामी अस्पतालको तर्फबाट पूर्ण निः शुल्क उपचार गछौँ । त्यसका लागि हामीले विभिन्न सामाजिक संघ संस्थाबाट पनि सहयोग लिने प्रयास गरेका छौँ । मुख्य रुपमा जनतालाई आखाँ उपचार बाट सहयोग पुराउनु नै हो ।

    ४. यस संस्था मार्फत संचालित रण अम्बिका शाह आँखा अस्पतालको बिकास र विस्तारमा यहाँको भूमिका कस्तो रहन्छ ? विस्तृतमा बताइदिनुस न ।

    २०३८ साल देखि अहिले सम्म अनवरत रुपममा लागेका छौँ र भष्यिमा पनि यो अवस्थालाई कसरी अगाडी बढाउने भन्ने सोचका साथ हामी साथीहरुसँग सरसल्लाह गरेर काम गर्न सँधै तत्पर छौँ ।

    ५. रण अम्बिका शाह आँखा अस्पतालले देश विदेशमा कमाएको लोकप्रियतामा नेपाल नेत्रज्योति संघको भूमिका कतिको प्रभावकारी छ ?

    रण अम्बिका शाह आँखा अस्पताल नेत्रज्योति संघ कै अभिन्न र नेत्रज्योति संघले नै स्थापना गरेको अस्पताल हो । अस्पतालको नाम सँगसँगै नेत्र ज्योति संघको पनि नाम हुनु स्वभाविकै हो । अस्पतालको प्रचार प्रसारको विषयमा केही सरसल्लाह सुझाब दिएको खण्डमा हामी आभारी हुने छौँ । तपाईहरुको सल्लाह सुझाब नै हाम्रो प्रेरणाको स्रोत बन्ने छ ।

    ६ . हिजोको दिनमा आँखा उपचारमा देखिएको समस्या समाधानका लागि यहाँहरुले कस्तो जटिलता व्यहोर्नु भएको छ ? जानकारी गरादिनुस न ।

    सुरुमा हामी कहाँ नेत्र विशेषज्ञको कमी थियो । उपचार पद्धती कमजोर र प्रयाप्त थिएन । तर अहिले त्यो समस्या छैन तर पनि कदाचित कुनै समस्याहरु आइ प¥यो भने हाम्रा विशेषज्ञहरुको टोलीले सामूहिक रुपमा छलफल गरेर समस्याको समधान गर्दछ ।

    ७ . राज्यतर्फबाट आँखा उपचार सम्बन्धमा के कस्तो गर्नु पर्ने आवश्यकता देख्नु हुन्छ ?

    यो निकै महत्वपूर्ण प्रश्न हो । हामीले अहिले सम्म राज्य तर्फबाट उल्लेखनीय सहयोग पाएका छैनौँ तर अब स्वास्थ विमा कार्यक्रम यस जिल्लामा पनि लागु भएमा निश्चित रुपमा आम जनतालाई सजिलो हुने थियो र हामीले थाहा पाए अनुसार प्रदेश सरकारले पनि आँखाको क्षेत्रमा केही रकम छुट्याएको छ भन्ने बुझिएको छ । त्यसबाट हामीले पुराना उपकरणहरुलाई प्रतिस्थापन गरेर र नयाँ अपरेसन थेटरहरु निमार्ण गर्ने योजना बनाएका छौँ । कति सफल हुन्छौँ समयले नै बताउने छ ।

    ८. यहाँको कार्यकालमा नेपाल नेत्र ज्योति संघ र रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले के कस्ता कार्ययोजना अघि सारेर काम गर्ने गर्छ होला ?

    रण अम्बिका शाह आँखा अस्पताल र नेपाल नेत्र ज्योतिसंघ एउटै हो । दुबैको कार्ययोजना एउटै हुन्छ र हाम्रो एक मात्र उद्देश्य जनतलाई आँखाको उपचार गरेर सेवा प्रदान गर्नु हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.