logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


    २ फाल्गुन २०७६ , शुक्रबार

    व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न

    नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर होटल व्यवसायी दुना मःम भैरहवाका प्रबन्ध सञ्चालक श्रीराम बस्याल सँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी

    १. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?
    हाम्रो व्यवसाय भनेको सेवामूलक व्यवसाय हो । हामीले धेरै भन्दा धेरै ग्राहकहरुलाई आफ्नो व्यवसाय बाट सन्तुष्टि दिने कोसिस गरेका छौ । यस व्यवसाय सञ्चालन गरे बापत विभिन्न किसिमका कर वडा कार्यालय, नगरपालिका आन्तरिक राजस्व कार्यालयमा तिरेर देशको अर्थतन्त्रलाई सबल बनाउन मदत गरेका छौ ।

    २. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
    अहिलेको अवस्था भन्नु पर्दा व्यवसाय मध्यम खालको नै भन्नु पर्छ । हाम्रो यस प्रतिष्ठानले ४ जनालाई रोजगारी दिएको छ । हाम्रो आफ्नै भवन निर्माण गरेका छैनौ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका छौ, व्यवसाय फष्टाउदै गयो भने आफ्नो भवन निर्माण गरी व्यवसाय सञ्चालन गर्ने सोचाइमा छौ ।

    ३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
    नेपालमै नपाइने भैरहवामा पहिलो पटक १० प्रकारका मःम बनाउन सफल भएका छौ । जस्तै साँधेको मःम, चकलेट मःम, झोल मःम, तन्दुरी मम, सि मःम, छोइला मःम, पिजा मःम, स्टिम मःम, फ्राइ मःम आदि मःमका परिकारहरु बनाएर ग्राहरुलाई सन्तुष्टि दिने काम गरेका छौ र त्यसैले सफलता नै प्राप्त भएको मान्नुपर्छ । हाम्रो मःम एच.ए.सि.सि.पी. फुड सेफ्टी स्ट्यान्डर्डबाट बन्छ । भावी यो भन्नु पर्दा दुना ममलाई विशेषखालको ब्राण्डेड बनाएर लैजाने र यसका शाखाहरु बुटवल पोखरा, नेपालगञ्ज,ु सुर्खेत, महेन्द्रनगर, धनगढी जस्ता सहरहरुमा विस्तार गर्ने रहेको छ ।

    ४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
    व्यवसाय सञ्चालन गर्दा कठिनाइहरु त झेल्नु पर्छ नै टिकाउ कामदारको अभाव, दक्ष कामदारको अभाव, शाखा विस्तारमा कठिनाइर्, चर्को मूल्यले गर्दा कठिनाईत छदै छ, त्यसैमा पनि बैंक तथा वित्तिय संस्थाहरु बाट चर्को व्याज तिर्नु पर्दा नराम्रो असर नपरेको भन्न सकिन्न । बजार व्यवस्थापन गर्न नसक्दा पनि कठिनाइहरु भ्mेल्नु परेको छ । आफू लागि पर्ने अदक्ष कामदारहरुलाई टे«निङ्को व्यवस्था मिलाउने वित्तिय संस्थाहरुमा व्याज तिरि व्यवस्था मिलाएर समस्याको न्यूनीकरण गरेको छु ।

    ५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
    वैदेशिक रोजगारमा यो पेशा गरेकोले मैले आफ्नै गाउँ ठाउँमा आफ्नो अनुभव सीप, दक्षता प्रयोग गर्ने र आफ्नै स्थानीय क्षेत्रका, गाउँ ठाउँका युवाहरुलाई रोजगार दिने उद्देश्यले यो व्यवसाय गरेको हो । अपेक्षा भन्नु पर्दा थोरै पुरा भए अब विस्तारै पुरा हुन्छन् भन्ने आशाका साथ अगाडि बढ्दै जाउ काम गरेपछि फल त पक्कै पाइन्छ ।

    ६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
    मलाई होटल सञ्चालन सम्बन्धी विशेष ज्ञान, अनुभव र तालिम भएकोले, विदेशमा पनि यही व्यवसाय गरे । विशेष गरी सेवाको भाव र आफ्नै देशको श्रम पसिना आफ्नै देशमा रहन्छ भन्ने उद्देश्यका साथ मैले यो व्यवसाय रोजेको हुँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.