logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    योग्य र इमान्दार उम्मेदवार लाई मतदान गरौँ


    २१ फाल्गुन २०७७ , शुक्रबार

    योग्य र इमान्दार उम्मेदवार लाई मतदान गरौँ

     

    महावली टे«डिङका सञ्चालक तथा युवा उद्यमी जवाहिर अग्रहरी (जय) सिद्धार्थ उद्योग वाणिज्य संघको ६२ औँ साधारणसभा तथा अधिवेशनमा वाणिज्य तर्फको कार्यसमिति सदस्यको उम्मेदवार हुनुहुन्छ । उम्मेदवार अग्रहरिसँग कार्यसमिति सदस्यमा उठ्नुको कारणको विषयमा लुम्बिनीखबरसँगको सम्वाद ः

     यहाँ उद्योग वाणिज्यको उम्मेदवार किन ?

    मेरो उद्देश्य भनेको व्यापारीहरुको हकहितको लागि मन देखिनै काम गर्ने र कुनै समस्या आइपरेमा अगाडि बढेर समाधान गर्ने उद्देश्यले हो । व्यावहारिक पक्ष भनेको उद्योग व्यवसायीलाई सहयोग गर्ने भए पनि सैद्धान्तिक रुपमा यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान र आर्थिक विकासमा सहयोग पु¥याउनको लागि मेरो उम्मेदवारी परेको हो । यस क्षेत्रका उद्योगी व्यवसायीको पक्षमा काम गर्ने चाहानाका कारण पनि यो प्रतिस्पर्धामा मेरो सहभागी भएको हो ।

    यहाँ उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा विजय प्राप्त गर्नु भयो भने उद्योगी व्यवसायीको पक्षमा के – के काम गर्ने योजना छ ?

    म उद्योग वाणिज्य संघको कार्य समितिमा उद्योग व्यवसायीको सहयोग र समर्थन प्राप्त गरी विजय हुनु भनेको यस क्षेत्रका सबै व्यवसायीहरुको विजय हो मैले विशेष केही योजनाहरु अगाडि सारेको छु । पहिलो ः सबै उद्योग व्यवसायीहरुले निर्धक्कका साथ आफ्नो व्यापार व्यवसाय संञ्चालन गर्ने वातावरण तयार गर्ने । दोस्रो ः कुनै पनि क्षेत्रबाट उद्योग व्यवसायीहरुलाई आफ्नो प्रतिष्ठान सञ्चालन गर्दा पर्न आउने समस्या दुःख र कठिनाइहरु खण्डमा सिद्धार्थ उद्योग संघको मध्यस्थतामा टुङयाउने पहल मेरो हुनेछ । अर्को भनेको नेपालकै औद्योगिककरणको पहिलो स्थान प्राप्त गर्दै गरेको यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन आफ्नो बलबुता र क्षमताले भेटेसम्म लाग्ने प्रतिवद्धता जाहिर गर्दछु । युवा उद्धमीको उत्पादनमा समेत मेरो प्रयास रहने छ ।

     यहाँले आफ्नो उम्मेदवारी दिदै गर्दा यस क्षेत्रका उद्योग व्यवसायीका के – के समस्याहरु पहिचान गर्नु भएको छ ?

    म यस क्षेत्रमा आफ्नो व्यवसायी सञ्चालन गर्दै गर्दा अन्य मेरा व्यवसायी मित्रहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्ने गरेको छु यसरी नेपालको अर्थतन्त्रलाई सुदृढिकरण र सफलतातिर अगाडि बढाउन खोज्दा हामी माझ विभिन्न समस्याहरु पहिचान गरेको छु । जस्तै व्यवहारिक भन्सार मूल्याङकन नहुँदा व्यवसयीमा पर्न जाने समस्या झेलिरहेका छन् । राज्यले व्यवसायीहरुलाई राजस्व असुलीमा सहजीकरण नगर्दा हामी समस्या झेलिरहेका छौँ । बजारमा विश्वासको संकट परेको छ । लगानी गरेर पनि त्यसको लगानी नउठ्ने बजारमा सृजना भएको छ । व्यवसायीको पक्षमा भन्दा विपक्षमा आउने विषय छन् । यस्ता विविध विषयहरुको निराकरणका लागि म संस्थागत रुपमा सिद्धार्थ उद्योग बाणिज्य संघको कार्यसमिति सहभागी हुन चाहीरहेको छु ।

     कसरी अगाडि बढनु हुन्छ ?
    हामी सामाजिक प्राणी हो । समाजमा घुलनशिल हुदै आआफ्नो व्यवसायी सञ्चालन गर्नुपर्ने भएकाले परिस्थती अनुसार अगाडी बढन्े मेरो यो दृष्टि रहेको छ । समभाव, करुणाभाव र मैत्रीभावका साथ मेरो विजय सिद्धार्थ उद्योग बाणिज्य संघमा भएका नया आयामको शुरुवातमा मेरो सल्लाह र सुझावका साथै पहल रहने छ । सधै औद्योगिकक्षेत्रको विकास गर्दै देशलाई विकसित मुलुकमा रुपमान्तरणमा भुमिका खेल्ने काम म बाट हुनेछ । स्थानिय क्षेत्रका उत्पादन गर्नेहरुको प्रोत्सान र कृषि तथा घरेलु व्यापार व्यवसायीहरुको पक्षमा काम गर्ने बातावरण तयार गर्न मेरो पहल रहने छ । भैरहवाक्षेत्रलाई स्वच्छ तथा प्रतिस्पर्धात्मक रुमपा उच्च अर्थतन्त्रको स्तरमा पुराउने पहल गर्न सिद्धार्थ उद्योग वाणिज्य संघको योजनामा मेरो सुझावहरु पर्ने छन् । नेतृत्व विकास र व्यवसायीमा गुणस्तरिताको बजार विस्तारमा समेत मेरो भुमिका सकारात्मक हुने सवैमा विस्वास दिलाउन चाहान्छु ।

    अन्त्यमा ?

    पहिलो कुरा त सिद्धार्थनगर उद्योग वाणिज्य संघ नेपालको पुरानो तथा उद्योग व्यवसायीको पक्षमा सँधै लडिरहने संस्था हो । यही फागुनल २२ गते हुन गइरहेको नेतृत्व छनौटको लागि सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा योग्य क्षमतावान र व्यवसायीका पक्षमा काम गर्न सक्ने उम्मेदवारलाई मतदान गरी नेतृत्व चयन गर्नको लागि सबैमा अनुरोध गर्दछु । यो संस्थामा मैले आफूलाई समावेश गर्दै कार्य समिति सदस्यको लागि उम्मेदवारी दिन पाउदा गर्भको अनुभूति गरेको छु । उम्मेदवारीले मात्र सबै विषयहरु पुरा गर्न निकै कठिन छ संघको लागि मैदान आवश्यक पर्दछ । मैले पनि व्यवसायीको पक्षमा काम गर्न एकल प्रयास अपूर्ण हुने भएकाले सिद्धार्थ उद्योग वाणिज्य संघ रोजेको हो । मलाई आशा छ मेरो विचार मेरो अर्थतन्त्र सँग जोडिएको सिद्धान्त लागु गर्नको लागि उद्योग व्यवसायीको सल्लाह सुझावका साथै मत मार्फत सहयोग गरिदिनुको लागि अनुरोध गर्दछु । अर्को कुरा मैले यहाँहरुले दिएको सल्लाह सुझावकोु साथै प्राप्त मतलाई अवसरको रुपमा प्रयोग गर्दै राज्यको मेरुदण्डको रुपमा रहेको अर्थतन्त्रलाई सबल बनाउने उद्योग व्यवसायीलाई सरकार पक्ष र जनताको पक्षबाट सम्मान प्राप्त हुनु पदर्छ भन्ने पहल गर्दछु । सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा नेपाल भरको उद्योगी व्यवसायीका समस्याहरुलाई नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासँघ सम्मको सहकार्य सरकारसँग व्यवसायको पक्षमा काम गर्नको लागि झकझकाउने काम म बाट हुनेछ । अन्त्यमा यस क्षेत्रका उद्योग व्यवसायीहरुलाई विवेकपुर्ण रुपमा मतदान गरि योग्य नेतृत्व चयन गर्न अपिल गर्दछु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.