धकधई । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले सोमबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ ३२५ बी टु नेपालको को-चिफ एडभाईजर धर्मराज श्रेष्ठको ८२ औ जन्मदिन मनाउदै आफ्ना महिला सदस्यहरु र आमन्त्रित सदस्यहरुको बीच तीज मिलन कार्यक्रम मनाएको हो ।

कार्यक्रममा डिस्ट्रिक ३२५ बी टु नेपालका सेकेण्ड भ्वाइस डिस्ट्रिक गभर्नर नवराज न्यौपाने, एक्ज्युकेटिभ चिफ एड्भाइजर महेश चन्द्र थापा, डिपुटी सेक्रेटरी विजय पाण्डे, रिजन चेयर पर्सन अनिता थापा, जोन चेयर पर्सन माया मल्लिक, सिद्धार्थ महिला जेसिसकी संस्थापक अध्यक्ष सरिना श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, लुम्बिनी संचार गृहका अध्यक्ष गोकुल पोखरेल, लायन्स क्लब प्रोफेसनलका अध्यक्ष रिचा केसी लगायतको सहभागिता रहेको लायन्सको सुचना शाखाले जनाएको छ ।

क्लबका अध्यक्ष गोबिन्द प्रसाद गिरिको अध्यक्षता तथा मनोज क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन थानेश्वर पाण्डेले गरेका थिए ।लायन्सको मर्म ,भावना र चर्चित कार्यक्रम गरेर लायन्स क्लब अफ ३२५ बी टु नेपालमा नै लोकप्रियता कमाएको यो क्लव गरिव दुःखी र असाहयका लागि साहारा बनेको छ ।