logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    व्यवसायीसँग लुम्बिनीखबरको छ प्रश्न


    २८ भाद्र २०७८ , सोमबार

    व्यवसायीसँग लुम्बिनीखबरको छ प्रश्न

    उद्योग व्यवसाय नफस्टाएसम्म दीर्घकालीन विकास सहितको समृद्ध सम्भव हुँदैन । यसैले हामीले उद्योग व्यवसायको प्रवर्धन हुनेगरी व्यवसायीसँग छ प्रश्न स्तम्भ सुरुवात गरेका छौ । यस अंकमा हामीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ लुम्बिनी रोडमा अवस्थित एम. आर. बी. इन्भेस्टमेन्ट प्रा. लि. का प्रबन्ध निर्देशक चन्द्रकान्त भट्टराई लाई छ प्रश्न सोधेका छौं । प्रस्तुत छ व्यवसायी भट्टराईसँग लुम्बिनीखबरले गरेको कुराकानी :

    १. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?
    देशको अर्थतन्त्र सबल हुनु भनेको देशमा गरिबी र बेरोजगारी नहुनु हो । हाम्रो यस व्यवसायको मुख्य उद्देश्य पनि न्यून आय भएका थोरै लगानीमा स्वरोजगार अपनाउन चाहनेहरुको लागि स्वरोजगार गराउनु हो । त्यसैले हाम्रो व्यवसायले देशको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

    २. यहाँले सञ्चालन गरेको व्यवसाय प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानिय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
    अहिले कोरोना महामारीले गर्दा सबैभन्दा प्रभावित क्षेत्र भनेको नै अटोमोवाइल्स क्षेत्र हो । यसको बाबजुद पनि हामी १४ जना कर्मचारीलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेका छौं र ७०० जनाले यस कम्पनीबाट अटो मोवाइल्स खरिद गरी दैनिक रुपमा स्वरोजगार बन्न सफल भएका छन् ।

    ३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
    हामीले सुरुवात गर्नु अघि सोचेको भन्दा पनि बढी यस व्यवसायलाई सफल रुपमा अगाडी बढाउन सफल भएका छौं । हामीले यस क्षेत्रमा धेरै बेरोजगार युवाहरुलाई स्वरोजगार गराउन सफल पनि भएका छौ । भावी योजना भन्नुपर्दा हाम्रो सर्भिस सेन्टरलाई अझ व्यवस्थित गर्दै लैजाने र अगामी दिनमा सात सयलाई मात्र सिमित नगरी हजार जनालाई स्वरोजगार प्रदान गर्ने वातावरण सिर्जना गर्ने रहेको छ ।

    ४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनिकरण कसरी गर्नु भएको छ ?
    हाम्रो यस व्यवसाय मार्फत स्वरोजगार अपनाउन चाहनेहरु धेरै जसो न्यून वर्गीय परिवारबाट आउनु हुन्छ । उहाँहरुलाई थोरै लगानी गर्न पनि गाह्रो भएको हुन्छ । त्यस्ता युवाहरुलाई सबै स्थानिय तहहरुले सियारी गाउँपालिकाले जस्तै रिक्सा चलाउन सिकाउने तालिम दिएर केहि अनुदान उपलब्ध गराउन सके राम्रो हुने थियो । २०७५÷०७६ मा सियारी गाउँपालिकाले १७ वटा अटो रिक्सा त्यस क्षेत्रका युवाहरुलाई अनुदान दिएर स्वरोजगार गराएको थियो । त्यसै गरी यातायात कार्यालयबाट पनि चाडोचाडो लाइसेन्स परिक्षा खुलाएर सहयोग गरिदिँदा अझैं राम्रो र सहज हुने थियो ।

    ५. यो व्यवसाय सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पूरा भएको छ कि छैन ?
    यो व्यवसाय सुरुवात गर्नुको मुख्य उद्देश्य भनेको आर्थिक उपार्जन गर्नु नै हो यसको अलावा यस क्षेत्रका ईच्छुक युवाहरुलाई स्वरोजगार बनाउनु हो । पछिल्लो समयमा युवतिहरु पनि स्वरोजगारी अपनाउनु भएको छ । हाम्रो उद्देश्यमा हामीले अपेक्षा गरेभन्दा पनि अझ बढी सफल भएका छौं ।

    ६. यहाँले यो व्यवसाय नै रोज्नुकोे कारण के हो ?
    हामीले यस वयवसाय नै रोज्नुको कारण भनेको जुनसुकै व्यवसाय पनि आयआर्जनको लागि गरिन्छ त्यसमा पनि यो व्यवसायले प्रत्यक्ष युवा युवतिहरुलाई स्वरोजगारी गराउने हुँदा देशमा भएको बेरोजगारीको समस्या समाधानमा पनि टेवा पुर्याउने कारणले गर्दा यस व्यवसायलाई रोजेको हुँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.