भैरहवा । थारु भाषाको गीत ‘रिम झिम रिम झिम बर्सात’ सार्वजनिक भएको छ । सरगम चौधरी र अन्नु चौधरीको स्वरमा रहेको उक्त म्युजिक भिडियो बी एण्ड जी नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
सरगम चौधरीको आफ्नै शब्द संगीत रहेको गीतमा बिरु चौधरी र सामु चौधरीले अभिनय गरेका छन् । पछिल्लो समय थारु गीत संगीतले सांगितिक क्षेत्रमा निकै चर्चा कमाइरहेको देखिन्छ ।
यस अघि सरगम र अन्नु चौधरीको स्वरमा रहेको ‘बनजाव न मोर सजन’ बोलको गीतले पनि निकै चर्चा बटुलेको थियो ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :