logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मेरो सरकार


    २० पौस २०७८ , मंगलबार

    मेरो सरकार

    श्रीमती मार्नेलाई पनि यहाँ निर्दोष करार हुन्छ
    पैसा, पावरमै न्यायलयमा न्यायको व्यापार हुन्छ !

    भोकमरीले मर्दा मान्छे कसैले सुनेन चित्कार
    भेटीमा चाहिँ उसकै नाममा दस बोरा चामल उपहार हुन्छ !

    प्रेम प्रस्ताव अस्वीकार गरेर ज्यान जोखिममा राखि उस्ले
    हे ईश्वर ! कहिलेसम्म यस्तो अत्याचार हुन्छ !

    भ्रष्टाचार गर्दिन र गरेको छैन भनेर प्रचार गरियो
    बिल हेर्दा चाहिँ मुल्य एकको चार हुन्छ !

    जनताको ज्यान मात्रै बचाउन न सक्ने भो सरकारले
    आफ्नो कुर्सी बचाउने त उपाय हजार हुन्छ !

    लेखक – सन्दिप लम्साल (अनेरास्ववियु रुपन्देही क्याम्पस कमिटीका अध्यक्ष हुन् )

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.