logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    थारु गायक सरगमको ‘आइल माघ महिना…दिल होगइल दिवाना’ सार्वजनिक हुँदै


    २३ पौस २०७८ , शुक्रबार

    थारु गायक सरगमको ‘आइल माघ महिना…दिल होगइल दिवाना’ सार्वजनिक हुँदै

    भैरहवा । थारु राष्ट्रिय गायक सरगम चौधरीको नयाँ आघी गीतले सार्वजनिक नहुँदै निकै चर्चामा आएको छ ।सफलता माथी सफलता पाउँदै आइरहेको गायक सरगमको थारु माघी गीत ‘अबकी माघीमे, चलो हो छैली माघी मनाए’ पछि आइल माघ महिना..दिल होगइल दिवाना भन्ने बोलको गीत बजारमा सार्वजनिक नहुँदै निकै चर्चामा आएको हो ।

    बहुचर्चित थारु गायक सरगम चौधरी, समिक्षा चौधरी, नबोदित गायक घनश्याम सेन्चुरी र निरु चौधरीको स्वर रहेको उक्त थारु गीतको छाँयाकंन भइसकेको बताइएको छ ।

    सरगम चौधरीको शब्द संगीत रहेको गीतमा थारु मोडल बिरु चौधरी, रचना चौधरी, राजन चौधरी र किरण चौधरीको अभिनय रहेको छ । त्यस्तै उक्त गीतमा अशोक परियारको निर्देशन एवं अभिषेक सेनको कोरिओग्राफी रहेको छ ।

    गीतको छाँयाकंन नवलपरासीको सिसहनिया लगायत विभिन्न गाउँ ठाउँमा भएको हो । मञ्च उदघोषमा राम्रो छबि बनाइसकेका थारु मोडल राजन चौधरीले गीतको माध्यमबाट थारु संस्कृति र संस्कारलाई संरक्षण र संवर्द्धन गर्न सकिने बताए ।
    उनले उक्त गीतको म्युजिक भिडियो आज साँझ बी एण्ड जी इन्टरटेनमेन्ट (B & G Entertainment) युट्युब च्यानलबाट सार्वजनिक हुने जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.