logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ‘एक पत्रकारको बकपत्र’ सार्वजनिक


    २ माघ २०७८ , आइतबार

    ‘एक पत्रकारको बकपत्र’ सार्वजनिक

    काठमाडौं, पुस २४ स् वरिष्ठ पत्रकार खिलध्वज थापाको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिक गरिएको छ। श्रीमती सावित्रा श्रीश प्रकाशक रहेको उक्त पुस्तकको वरिष्ठ पत्रकार भैरव रिसालले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गरे।

    पत्रकारिताको यात्रामा भोगेका घटना, गरिएको अनुभवलगायत विषयवस्तु समेटिएका उक्त पुस्तक सरल भाषामा प्रस्तुत गरिएको छ। पुस्तकमा पेरिसमा एकान्तबास, काश्मीरदेखि कन्याकुमारीसम्म, कारवाँ नियाल्दै लाङ्टाङ हिमालमा एक रात, घुमघाम राजारानीसँग, एक पत्रकारको आँखामा राजनीति, पुरानो ऐनामा आफूलाई नियाल्दालगायतका शीर्षकमा विविध विषयवस्तु समेटिएका छन्।

    कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले नेपाली वाङ्मयमा ‘एक पत्रकारको बकपत्र’ एउटा खदिलो सम्पत्तिका रुपमा थपिएको बताए। राजनीतिज्ञ एमएस थापाले तत्कालीन अवस्था र व्यवस्थाका विषयमा एउटा अनुभवी पत्रकारद्वारा लेखिएको पुस्तक इतिहासका सँगालोका रुपमा पाठकका लागि पठनीय र सङ्ग्रहनीय सामाग्री रहने उल्लेख गरे।

    वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पुस्तक अध्ययनका क्रममा कथा, उपन्यास, निबन्धजस्तो अनुभूति भए पनि तथ्यगत र सिर्जनशील विषयवस्तु समेटिएको खदिलो नियात्राका रुपमा रहेको बताए।

    राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले लेखकीय इमानदारी प्रस्ट रहेको र सरल भाषामा पत्रकारिता यात्रामा भोगेका अनुभवको सँगालोका रुपमा लेखिएको पुस्तकमा समेटिएका विषयवस्तु विनाआग्रह पूर्वाग्रहपूर्वक प्रस्तुत भएको धारणा व्यक्त गरे।

    लेखक नरु थापाले जोखिम अवस्थामा रही समाजमा उज्यालो छर्नका लागि गरिने विधा भएकाले पत्रकारिताप्रतिको दृष्टिकोण समाजमा सम्मानजनक रहेको विचार व्यक्त गरे। अधिकारकर्मी सुशांक गुरुङले पुस्तकमा राजनीति, इतिहास रमाइला घटना, साहित्यकारसँगको सङ्गतिका घटनाले पाठकका आकांक्षालाई तृप्त तुल्याउने विश्वास दिलाए।

    लेखक खेम कोइरालाले पत्रकारिताका अतिरिक्त अन्य विधाको विशिष्ट पहिचान भएको कृति उपन्यास शैलीमा रहेको बताए। पुस्तकका सर्जक थापाले आफ्नो जीवनकाल र पत्रकारिता यात्रामा भोगेका विषयवस्तु समेटेर लेखिएको पुस्तकमा तत्कालीन समयको घटनाक्रम र विषयवस्तु समेटिएको बताए। काठमाडौं प्रेस बाट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.