logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवा विमानस्थलमा फागुन ९ गतेभित्र क्यालिवेरेशन फलाईट


    १९ माघ २०७८ , बुधबार

    भैरहवा विमानस्थलमा फागुन ९ गतेभित्र क्यालिवेरेशन फलाईट

    भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते क्यालिबेरेशन फलाईट गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताउनुभएको छ । शनिबार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण पश्चात् उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ गते क्यालिवेरेशन फलाईट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।“ हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने क्यालिवेरेशन फलाईट गर्न नमिल्ने प्राविधिकले बताएका छन ।

    मन्त्री आलेले ढिलाई नगर्न र क्यालिवेरेशन फलाईट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिन समेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि हालतमा , कुनैपनि बहानामा काम नरोकियोस् । छेउमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भन्नुभयो,“ सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोधिरहनुहुन्छ , प्रधानमन्त्री, मन्त्री ज्यूहरु सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्ने छ । हामी त्यही अनुसार तयारी गरिरहेका छौँ ।“

    संसदका लेखा समितिका सभापति भरत कुमार शाहले छिटोभन्दा छिटो क्यालिवेरेशन फलाईट गर्नुपर्ने बताउनुभयो । सांसद प्रमोद कुमार यादबले छिटो छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गर्नुभयो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका सचिव महेश्वर न्यौपानेले मौसम खुलेको अवस्थामा फागुन ९ गते क्यालिवेरेशन फलाईट हुने बताउनुभयो । सचिव न्यौपानेले भन्नुभयो, “एरोथाईको टिम काम सकेर मात्रै फर्किन्छ , त्यसपछि टेस्ट फलाईट नेपाल एअरलाएन्सको ३३० ले गर्छ“
    नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले भन्नुभयो, “एरो थाईको टिम ग्राउन्डमा छ।सबै चेकजाच हुदैछ । उहाहरुले सबै ठिक छ भनेपछि रिपोर्ट दिनुहुन्छ । त्यसपछि हामिले सबैलाई जानकारिको लागि सुचना दिन्छौ । त्यसपछि सबै विमान सेवा प्रदायकहरु फिजिबिलिटिमा आउछन् । बुद्ध जयन्ती अगाडि नै सेडुल फलाईट गराउने तयारीमा छौँ ।”

    एरोथाईको नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भन्नुभयो, “यहाँको मौसमलाई ३ वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिवेरेशन फलाईटकोलागि सफा मौसम चाहिन्छ । कम्तिमा ५ किमि भिजिबिलिटि चाहिन्छ । फ्रेबुअरि २१ मा भैरहवामा जहाज ल्यान्डिङ हुनेछ तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरी भन्दा ढिला हुँदैन ।“ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आईसिपि वान र टु गरेर साढे ७ अर्ब लगानी भइसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.