logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    फेसबुकमा प्रेम, जूममा बिहे, भेट नहुँदै डिभोर्स


    १४ जेष्ठ २०७९ , शनिबार

    फेसबुकमा प्रेम, जूममा बिहे, भेट नहुँदै डिभोर्स

    एजेन्सी। कोरोना भाइरस महामारीका कारण विश्वका धेरै मानिसहरुले आफ्नो दैनिकीलाई डिजिटलाइज्ड गर्न बाध्य छन् । पढाईदेखि लिएर जागिरसम्म अनि परिवारसँग भेटघाट देखि कार्यालयका बैठक सम्म सबै कुरा अनलाइनमै फत्ते भैरहेका छन् ।
    महामारीको त्यहीँ लकडाउनकै बेला एक जोडीको प्रेमकथा तथा बिहे समाचारले निकै चर्चा पायो । अनलाइनमै प्रेम र भर्चुअलमै बिहे गरेको त्यो अनलाइन जोडी अहिले पुन: चर्चामा छ ।
    बेलायती युवती आयसे र अमेरिकी युवक डेरिनको प्रेम र बिहेको कथा निकै रोमाञ्चक छ । महामारीको लकडाउनकै बेला उनीहरुको फेसबुक मार्फत् चिनाजानी भयो । सामान्य चिनाजानी प्रेम सम्बन्धमा बदलियो र उनीहरुले भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूममार्फत् बिहे गरे ।
    अनलाइनमै प्रेम बसेर अनलाइनमै बिहे गरेका आयसे र डेरिन बिहेपछि पनि विविध कारणले एक आपसमा भेटघाट गर्न पाएका थिएनन् । तर अनलाइनमै बिहे गरेको उक्त जोडीले भौतिक रुपमा भेट नहुँदै अन्तत: डिभोर्स गरेको छ ।
    बेलायतको ल्यांकेस्टरकी बासिन्दा २६ वर्षकी आयसेलाई गतवर्षको पहिलो लकडाउनका बेला निकै दिक्क लागेको थियो । त्यहीँबेला एक्लोपना हटाउन र रमाइलोका लागि उनी साथी बनाउने खालका फेसबुक ग्रुपमा जोडिइन् । त्यहीँ फेसबुक ग्रुपमा उनको अमेरिकाको डेट्रोइडमा बस्ने डेरिनसँग चिनाजानी भयो । त्यसपछि डेरिन र आयसेबीच च्याटिङ र विस्तारै भिडियो कलमा कुराकानी हुन थाल्यो ।
    ती दुईजनाबीच दैनिक भिडियो कलमा लामो कुराकानी हुन थाल्यो । विस्तारै उनीहरु एक अर्कालाई मन पराउन थाले । गत वर्षको मे महिनामा डेरिनले अन्तत: आयसीलाई प्रपोज गर्ने निर्णय गरे । भिडियो कलमा उनी घुँडा टेकेर आयसीलाई प्रेम प्रस्ताव राखे । आयसीले पनि प्रस्ताव स्वीकार गरिन् र उनीहरु प्रेम सम्बन्धमा गाँसिए ।
    त्यसको केही दिनपछि उनीहरुले जूम कलमा आधिकारिक रुपमा बिहे गरे । गतवर्ष अगष्ट १९ मा आयसी र डेरिन बिहे पश्चात् औपचारिक रुपमा पति पत्नी बने । जूममा भएको विवाह समारोहमा भिडियो कलमा दुबैतर्फका परिवारजन, आफन्त तथा साथीहरु उपस्थित भएका थिए ।
    जूम कलमा भएको उक्त बिहेले ठूलै चर्चा बटुल्यो । तर भर्चुअल्ली बिहे गरेका उनीहरु भौतिक रुपमा भने भेट गर्न पाएका थिएनन् । त्यो अनलाइन सम्बन्ध धेरै दिन टिक्न कहाँ सक्थ्यो र रु हालै आयसीले डेरेनसँग डिभोर्स गरेकी छिन् ।
    आफूलाई डेरेनमाथि भरोसा नभएको र उनी अर्को महिलासँग सम्बन्धमा रहेको भन्दै आयसीले डिभोर्स मागेकी थिइन् । अन्तत: उनीहरुबीच औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको हो । एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.