logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    पञ्जाबी गायक सिद्धूको गोली हानी हत्या


    १७ जेष्ठ २०७९ , मंगलबार

    पञ्जाबी गायक सिद्धूको गोली हानी हत्या

    काठमाडौं । भारतीय गायक सिद्धू मुसेवालाको पञ्जाबमा गोली हानी हत्या गरिएको छ । २८ वर्षीय सिद्धूको आइतबार साँझ पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन(९४ रुसी एसल्ट राइफल प्रहार गरी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
    वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी सिद्धू मुसेवाला नामले परिचित थिए । उनको शरीरमा ३० राउन्ड गोली प्रहार भएको बताइएको छ । गोली प्रहारबाट घाइते उनलाई अस्पताल लैजाने क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
    गत डिसेम्बरमा राजनीति थालेका सिद्धूले मानसा निर्वाचन क्षेत्रबाट विधानसभामा कांग्रेस आईबाट चुनाव लडेका थिए । तर उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भए ।

    उनी पञ्जाबी गायन क्षेत्रका चर्चित गायक हुन् । सड्डा चलता है धक्का ,डँलरा वाङ्गु नी नाम साड्डा चलदा है, उनका हिट गीत हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार हत्याको जिम्मा लरेन्स बिस्नोइ ग्याङको कन्नडामा रहेको ग्याङस्टर लक्की अर्थात् गोल्डी बराडले लिएका छन् । प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.