
धनीराम काेरी
कपिलवस्तु । ११३ औँ भिक्षु जयन्तीकाे अवसरमा शकुन्तला ज्ञवाली पौडेल साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कारबाट सम्मानित भएकी छन् । नव कपिलवस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तु तौलिहवाकि कवियत्रि शकुन्तला ज्ञवाली पौडेललाई भिक्षु जयन्ती कार्यक्रममा ११ हजार १११ रुपैया नगद सहित प्रमाणपत्रबाट सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै सम्मानित भएकि शकुन्तला पाैडेलले उक्त पुरस्कारले आफुलाई साहित्य क्षेत्रमा अगाडि बढ्नकाे लागि उत्साहित गरेको बताइन । उनले भनिन् ‘अब म अझै राम्रो राम्रो कृति लेख्ने प्रयास गर्नेछु ।’
सोहि कार्यक्रमका बीच जीवनाथ पाण्डेय (बाबा ) ले लेखेको कृति कविता काेशेली विमाेचन गरिएको छ । लेखक पाण्डेय भन्नूभएको छ कि अब म साहित्यकाे क्षेत्रमा लाग्ने छु । अरु थप कृति लेख्नु छु । नगरपालिका कि उपप्रमुख सुनिता गुप्ताले भन्नूभएको कि साहित्यकाकाे क्षेत्रमा नगरपालिकाले जे सहयोग गर्नुपर्छ त्याे गर्न तयार रहेको कुरा बताउनुभयो । नगरपालिकालाई पहिले अब फरक र परिवर्तन हुनेछ ।
कपिलवस्तु साहित्य समाज काे अध्यक्ष पशुपतिमणि त्रिपाठी काे अध्यक्षता र प्रमुख अतिथि कपिलवस्तु नगरपालिका कि नवनिर्वाचित उपप्रमुख सुनिता गुप्ता र संस्थापक अध्यक्ष हरिराज शर्माकाे विशिष्ट अतिथितामा सम्पन्न भएको छ । कार्यक्रम संचालन दामोदर पराजुलीले गर्नु भएको थियाे ।