logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जनतालाई आभाष हुने किसिमले काम गर्छु : वडा अध्यक्ष खान


    १२ असार २०७९ , आइतबार

    जनतालाई आभाष हुने किसिमले काम गर्छु : वडा अध्यक्ष खान

    करम हुसेन खान (वडा अध्यक्ष रोहिणी-२)

    यहाँ भारी मतका साथ वडा अध्यक्ष पदमा विजयी हुँदा कस्तो महसुस गर्नुभएको छ ?

    सर्वप्रथम म रोहिणी गाउँपालिका वडा नम्बर २ का जनतालाई धन्यवाद दिन चाहान्छु । उहाँहरुले जुन विश्वासले मेरो मूल्याङ्कन गरी अमूल्य मत दिएर मलाई वडा अध्यक्ष पदमा निर्वाचित गराउनुभयो त्यसमा म एकदमै खुसी छु । यहाँका जनताहरुले मबाट जुन आश बोकेको हुनुहुन्छ त्यो आश पुरा गर्न म सधै उहाँहरुको बिचमा सेवकको रुपमा रहेर सहयोग गर्ने छु ।

    वडा अध्यक्ष हुँदै गर्दा विकास निर्माणका पाँच वर्षे योजनाहरु केके बनाउनुभएको छ ?

    मेरो पहिलो प्राथमिकता शिक्षा क्षेत्र रहेको छ । वडामा शिक्षा क्षेत्र अहिले पनि पछि परेको कारण शिक्षा क्षेत्रमा भएका कमी कमजोरी र समस्याहरुको पहिचान गरी त्यसलाई सूधार गर्ने तर्फ लाग्ने छु । सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने मरो लक्ष्य रहेको छ । वडामा रहेका स्वास्थ्य चौकीहरुलाई मर्मत, सम्भार र सूधार गरी दक्ष जनशक्तिको व्यवस्थापन गर्ने योजना रहको छ । वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नसक्दा यहाँका जनताहरुलाई रातविरात भैरहवा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न म प्रयासरत छु । अर्को प्राथमिकता भनेको कृषि क्षेत्रलाई हो । यहाँका किसानहरुलाई समयमा सहज ढंगबाट विउविजन, मलखाद्य र सिँचाईको उचित व्यवस्थापनका लागि विभिन्न योजनाहरु बनाएको छु । त्यस्तै वडामा भौतिक विकासका कामहरु प्नि धेरै बाँकी छन् । अगामी पाँच वर्षको कार्यकालमा वडामा भएका सबै समस्याहरुको पहिचान गरी त्यसको सामाधान गर्ने मेरो सधैं प्रयास रहन्छ ।

    वडामा शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई कसरी अगाडी बढाउनु हुन्छ ?

    सबै भन्दा पहिला त म पनि शिक्षा क्षेत्रमा आवद्ध भएकाले यहाँका विद्यार्थी र विद्यालयहरुको हितमा काम गर्ने मेरो पहिलो लक्ष्य छ । शिक्षा, स्वास्थ्यका बारेमा म अघि पनि भनिसके म जनतालाई आभाष हुने किसिमले यी क्षेत्रमा काम गर्छु । रोजगारीको विषयमा भन्नुपर्दा वडामा अहिले पनि धेरै युवाहरु वेरोजगार रहेका छन् । ती युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न किसिमका तालिमहरुको व्यवस्था मिलाउने मेरो योजना छ । त्यस्तै वडामै लोकसेवा आयोगका तयारी कक्षाहरु सञ्चालन गर्ने पनि योजना बनाएको छु । यसका साथसाथै विदेशीने परम्परालाई कम गर्न वडाबाट विभिन्न अनुदानहरुको पनि व्यवस्था गरिने छ ।

    जनतालाई दिने सेवा प्रवाहमा ढिलासुस्ती र लापरवाही हुने गुनासाहरु सुन्ने गरिएका थिए, यसको न्युनिकरण कसरी गर्नुहुन्छ ?

    म जनताको सेवक हो । जनताको सेवाका लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्म वडा कार्यालयमा रहेर काम गरिरहेको छु । यसका अलावा यहाँका जनतालाई जतिखेर मेरो आवश्यकता पर्छ उहाँहरुको सेवा गर्न सदैव तत्पर छु । सेवा प्रवाहमा ढिलासुस्ती र लापरवाही हुने गुनासाहरु आउनै नदिन हामी सक्दो प्रयास गरिरहन्छौ । तर कहिलकाहीँ विभिन्न कारणहरु जस्तै : विद्युत, इन्टरनेट विविध प्राविधिक कारणले सेवाग्राहीका कामकारवाहीहरु केही ढिला हुन जान्छ । त्यसको लागि म क्षमाप्राथी छु ।

    यहाँ निर्वाचित हुँदै गर्दा हार व्यहोरेका प्रतिपक्षी दलहरुसँग कसरी सहकार्य गर्नुहुन्छ ?

    खासमा म हारजित भएको मानदैन । जनताले जसलाई मन पराउनुहुन्छ । उहाँहरुले तयसलाई निर्वाचित गराउनुहुन्छ । म वि. सं. २०७० सालदेखि भैरहवा बहुमुुखी क्याम्पसमा विद्यार्थी राजनितीमा रहेर काम गरेको हुँ । विद्यार्थी नेता भएर काम गर्दै गर्दा मलाई आफ्नोमा वडामा रहेर सेवा गर्ने ईच्छा जाग्यो । म विगत २ वर्षदेखि सक्रिय रुपमा निस्वार्थ भावनाले यहाँका जनताको सेवामा काम गरिरहे फलस्वरुप यहाँका जनताले मेरो कामको मूल्यांकन गरी मलाई वडामा निर्वाचित गराउनुभयो । म निर्वाचित भएपछि सबै राजनीतिक दलहरुसँग सहकार्य गरी अगाडी बढिरहेको छु ।

    अन्त्यमा लुम्बिनीखबर मार्फत् वडाबासीहरुलाई के भन्न चाहनुहन्छ ?

    सर्वप्रथम लुम्बिनीखबर पत्रिकालाई धन्यवाद दिन चाहन्छु । यहाँले लुम्बिनीखबर मार्फत् रोहिणी गाउँपालिका वडा नं. २ का जनताहरु माँझ आफ्ना कुरा राख्न पाए त्यसले लागि धन्यवाद दिन चाहान्छु । त्यस्तै यहाँका जनताहरुलाई पनि विशेष धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । मलाई आफ्नो अमूल्य मत दिएर पाँच वर्षसम्म सेवा गर्ने अवसर दिनुभयो । मलाई जुन आशा र विश्वासका साथले निर्वाचित गराउनुभयो त्यसको सदैव कदर गर्नेछु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.