logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भैरहवाका जैसी चलचित्र संघको उपमहासचिव


    १६ असार २०७९ , बिहिबार

    भैरहवाका जैसी चलचित्र संघको उपमहासचिव


    रुविना थापा
    भैरहवा । नेपाल चलचित्र संघको ४७ औं साधारण सभा तथा केन्द्रीय अधिवेशनबाट भैरहवाका ओम जैसी उपमहासचिवमा चयन भएका छन् । लामो समय शैक्षिक क्षेत्रमा अवद्ध रहेका जैसी उपमहासचिवमा चयन भएपछि उहाँलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना आइरहेको उहाँको सचिवालयले जनाएको छ । सामाजिक संघ संस्थामा समेत सधैं क्रियाशील हुने जैसीले उपमहासचिव पद पाएसँगै नेपाल चलचित्र संघको महत्वपूणर् भूमिका रहने उहाँका शुभचिन्तकहरु बताउँछन् ।

    संघको ४७ औं साधारण सभाबाट विरेन्द्र नारायण श्रेष्टको अध्यक्षतामा सर्वसम्मत् भएको कार्यसमितिको उपमहासचिवमा जैसी चयन भएका हुन् । लामो समयदेखि भैरहवा स्थित काशी सिनेप्लेक्स प्रा.लि. सञ्चालन गरिरहेका उनी व्यवसायिक परिवारका व्यक्ति हुन् । संघको यो अधिवेशनले जैसीसँगै प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्धितीय उपाध्यक्षमा गोपाल काजी, तृतीय उपाध्यक्षमा भाष्कर ढुङगाना, महासचिवमा नरेन्द्र महार्जन र कोषाध्यक्षमा कपिल प्रसाद निर्विरोध निर्वाचित भएका छन् ।

    कार्यसमिति सदस्यमा मिजास पोखरेल, निरज कार्की, गोविन्द बहादुर शाही, चैतन्य बराल, युवराज पर्छाई , प्रज्वल शमशेर जवरा, शुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र विप्रश शाक्य रहेका छन् । संघको पूर्वाञ्चल समितिको निरज गुप्ता, पश्चिमाञ्चलमा केदार प्रसाद पराजुली, उपत्यका समितिको सभापतिमा सुरेन्द्र कुमार थापा, उपसभापतिमा दुर्गालाल प्रधान, सचिवमा भुरेन्द्र तन्डुकार, सदस्यमा दिपेश, प्रदर्शन समितिको सदस्यमा प्रज्वल शमशेर जवरा, वितरण समितिको सदस्यमा गोविन्द बहादुर शाही, सल्लाहकारहरुमा राजकुमार पोखरेल, नकिम उदिन, प्रदीप कुमार उदय र अर्जुन श्रेष्ठ रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.