logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    साधनस्रोतको अभावमा मनराजी मा.वि.


    ५ साउन २०७९ , बिहिबार

    साधनस्रोतको अभावमा मनराजी मा.वि.

    शिक्षक स्थायी दरवन्दी र कक्षा कोठाको चरम अभाव 
    रुबिना थापा
    भैरहवा ५, साउन । जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा पर्ने मर्चवारीको श्रीमती मनराजी देवी माध्यामिक विद्यायलमा विद्यार्थीहरुको चाप अत्याधिक हुँदा समस्यामा परेको छ । मर्चवारी गाउँपालिका वडा नं.–३ सिसो सेमरामा पर्ने यो विद्यालयमा विद्यार्थी संख्या अत्याधिक भएपछि कम कक्षा कोठा र शिक्षक दरबन्दी नहुदा अध्यापन गराउन समस्या परेको विद्यालयको सूचना शाखाले जानकारी दिएको छ ।


    गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा कम शिक्षक दरबन्दी र सिमित कक्षा कोठा भएको कारण विद्यार्थीहरुले उचित शिक्षा प्राप्त गर्न समेत कठिन अवस्था आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । करिब १८ सय भन्दा बढी विद्यार्थी संख्या रहेको यस विद्यालयमा १४० जनासम्म विद्यार्थी एउटै कक्षा कोठामा राखि पढाउन पर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाध्यापक हृदयराम यादवले बताउछन् । भवनको अभाव छ, भएका भवन पनि जीर्ण छन् प्रध्यानाध्यापक यादवले भने, “शिक्षक संख्या पनि कमि हुदा समस्या परेको छ ।” विद्यालयमा हाल २४ कोठा रहेका छन् । जसमा ५ कोठा प्रशासनिक कामको लागि प्रयोग भएका छन, ८ वटा कोठा जीर्ण अवस्थामा छन, २ वटा कोठा टिनको छानो भएको कारण अत्याधिक गर्मी हुने गरेको छ । ९ वटा कक्षा कोठा मात्रै विद्यालयमा पठनपाठनको लागि उचित रहेको देखिन्छ । १८ सय विद्यार्थीको लागि शिक्षक दरबन्दी समेत निकै न्युन रहेको विद्यायको रेकर्डमा छ । विद्यालयमा हाल स्थायी शिक्षक दरबन्दी ८ जनाको मात्रै रहेको छ । जसमा प्रा.वि.मा ५ जना शिक्षक र नि.मा.वि.मा ३ जना शिक्षक स्थायी रहेका छन् ।
    मर्चवार क्षेत्रमा सबै भन्दा विद्यार्थी संख्या र कक्षा १२ सम्म शिक्षा प्रदान गरिरहेको यस सरकारी विद्यालय साधन स्रोतको अभाव झेलिरहेको छ । ८ जना राहत शिक्षक, करारमा ४ जना, पि.सि.फ. १ जना र कर्मचारी २ जना गरी जम्मा ३० जनाको संख्या शिक्षक कर्मचारीले सेवा दिइरहेको यस स्कुलमा खेलमैदान र व्यवस्थित शौचालयको अभाव रहेको विद्यालयका कर्मचारी बैजनाथ बरईले जानकारी दिए ।
    वि.सं.२०२३ सालमा स्थापना भएको यस विद्यालयमा प्राविधिक शिक्षाको समेत विद्यार्थीबाट माग हुने गरेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयको समस्याको विषयमा लुम्बिनीखबरसँग यस क्षेत्रका संघीय सांसद प्रमोद यादवले भवन र शौचालयको निर्माण छिट्टै गरिने स्थायी शिक्षक दरबन्दीको लागि शिक्षा मन्त्रालयसँग पहल भइरहेको जानकारी दिए । खेलमैदान र प्राविधिक शिक्षा पठनपाठन गराउनको लागि समेत आफूले निरन्तर पहल गरिरहेको सांसद यादवले बताए ।
    लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउदिन खाँले विद्यालयले माग गरे भौतिक पुर्वाधारका सबै समस्या समाधन गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले भन,े मनराजी मा.वि.लाई प्रदेश सरकारसँग भौतिक पुर्वाधार निर्माणमा माग गर्न पठाउनुस यो आर्थिक वर्षमा नै हामी बजेट व्यवस्थापन गरि दिन्छौ । मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरइले आफ्नो पहिलो प्राथमिकता शिक्षा क्षेत्र रहेकोले मनराजी लगायत गाउँपालिका भित्र रहेका सबै विद्यालयहरु गुणस्तर शिक्षा र भौतिक पुर्वाधार निर्माणमा सहयोग गरिने जानकारी दिए । मर्चवारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरेले मनराजीमा विद्यार्थी सख्या अध्याधिक रहेको बताउँदै व्यवस्थापनमा समस्या रहेको बताए । साधन स्रोतको अभाव छ । विद्यार्थी सख्या धेरै छन् । शिक्षा शाखा प्रमुख घिमिरेले भने, “शिक्षक स्थायी दरवन्दी र पुर्वाधार विकासमा प्रदेश र संघिय सरकारले सहयोग गर्नु पर्‍यो । विगत बर्ष देखि कक्षा १२ सम्म अब्बल विद्यार्थी उत्पादन गरिरहेको यस विद्यालयको अवस्था राम्रो हुनु समग्र मर्चवार क्षेत्र तथा रुपन्देही जिल्ला र नेपालको शिक्षा क्षेत्रको विकासमा मनराजी महत्वपुर्ण स्कुल बन्ने देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.